घर पोलेर खरानी बनाउँदै राजनीतिक दलका नेताहरु

समाचार

काठमाडौं । घर पोलेर खरानीको तातोमा रमाउने र घर भँडुवा र घरमा सबै मरे भनेर चुलामो बास बस्न पाइन्छ भन्ने घर पालुवा बिरालोको व्यवहार जस्तो व्यवहार नेपाली वामपन्थी राजनीतिमा देखिएको छ । आफ्ना घरकालाई लखेटेर देशबाट मधेस टुक्र्याउने एजेण्डा लिएकाहरुलाई बोकेर जनताको बहुदलीय जनवादको बाटोमा पुगिँदैन ।
सत्तापक्ष भित्र कांग्रेसकै बिचमा लडाईं छ । ६०÷४० प्रतिशतको कुरा गर्दा डा.शेखर कोइराला पक्षधरले पार्टीमा झण्डै ७० प्रतिशत जनमत भएको दाबी गर्ने भएका छन् । संस्थापनको धज्जी उडाउने कोसिस पनि गर्दैछ । अहिले दलहरु एकले अर्काको अपमान गर्ने अभियान चलाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता अध्यक्ष केपी ओलीको भनाईले नेपालमा मतदाताको हिसाबले कम्युनिष्ट बढी भएपनि सत्ता र कुर्सीको लागि कम्युनिष्ट विभाजन भएको कारण कांग्रेस नै अगाडि आउने हो कि भन्ने शंका छ । कांग्रेस पार्टीमा पनि घर पोलेर खरानी ताप्ने अन्तर्घातमै रमाउनेहरु लागिपरेका छन् । माओवादीले धनकुटा कमिटीबाट राजीनामा दिएर आफ्नो एजेण्डा जनतामा लिएर जाँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निकै फुर्केका छन् । जुन दलसँग चुनावी गठबन्धन गर्न ओली तयार छन्, त्यही दलका सांसद पार्टी विरोधी छन् । नागरिकतासम्बन्धी विधेयक एमालेलाई सहयोग पुग्नेगरी राष्ट्रपतिले रोकिदिइन । एमालेको लागि मधेसमा त्यसले घात गनृ सक्छ । राजनीतिमा दोहोरो भूमिका काम लाग्दैन । पहिला कृषकको मुद्दा उठाएको जनमत पार्टीले स्थानीय तहमा ल्याएको जनमतकै भरमा एक्लै भिड्ने पक्षमा छ । केपी ओलीले सिक राउतलाई समेत फकाएका थिए ।
तर नागरिकता विधेयकले एमालेलाई मधेसमा कमजोर बनाउँछ, तर ओलीले त्यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । स्थानीय तहको चुनावमा एमालेले फाइदा लिन सकेन । एमाले प्रवेश गराउने र चुनावमा हराउने टोली बलियो बन्दैछ । राप्रपा नेपाल, राप्रपा जस्ता शाही प्रतिगमनका मतियार मात्र हैन, देशबाट मधेस टुक्र्याउने घोषणा गर्ने महन्त ठाकुरहरु आफैं मधेसमा खस्केका छन् । जसपा र लोसपासँग गठबन्धन गर्नुपर्दैन । सत्ता गठबन्धन भित्रको किचलोको फाइदा लिँदै एमालेका नेताहरु ढुक्क भएका छन् । पार्टीमा दुई तिहाई आफ्नो पक्षमा भएपछि देउवा समूह गल्न कठिन छ । यो लडाई कांग्रेसमा व्यापक बनेको छ ।
परनिर्भर एमाले
एमालेले ५७ जना केन्द्रीय नेताहरु सर्वसम्मत् बनाएको छ भने ५० जनाको ठाउँमा १०० जना भएपनि विवाद मिल्ने बताएको छ । अन्य दलबाट प्रवेश गरेकाहरु एमालेमा विवादरहित बनेका छन् । विगत जस्तोसुकै होस्, मंगल गुप्ता, बृजेश कुमार यादव, मृगेन्द्र यादव यसका नमूना हुन् । माओवादीमा डा.बाबुराम भट्टराईको विवाद छ । कम्युनिष्ट पार्टी त्यागेको बताएर नयाँ शक्ति बनाए । बिचमा जसपा बनेका भट्टराई समाजवादी पार्टी भन्दैछन् । शनिबार भेला त्यति राम्रो भएन । गोरखाका माओवादीले डा.भट्टराईप्रतिको व्यवहार सहज ठानेका छैनन् । किनकि स्थानीय तहको चुनावको पीडा उनीहरुमा छ । घर पोलेर खरानी ताप्ने ठूलो समूह राजनीतिमा हावी भएको छ । आफ्नै पार्टी भित्रका व्यक्तिलाई बाहिर राखेर आगन्तुक जे जस्तो होस् उसैलाई सिंगार्दा पार्टीको नीति, सिद्धान्त र व्यवहार अनुशरण हुँदैन । तर पनि कम्युनिष्टले कम्युनिष्टको खेदो खनेर कांग्रेसलाई ठूलो पार्टी बनाउने होडबाजी चलेको छ ।
अरुको सिको गरेर आफू ठूलो भइँदैन । पार्टी अभियानलाई एमाले सुदूरपश्चिमले सहयोग गरेको छ । एक लाख जनसंख्या एमाले प्रवेश गर्दैमा बहुमत आउँछ भन्नु गलत हो । सिद्धान्त, नीति, शैली, चिन्तनलाई विचारको खडेरीमा रुपान्तरण गर्दा जनताले पत्याउन कठिन हुन्छ । मधेसमा एमाले कसरी स्थापित हुने भन्ने थियो । त्यहाँ माओवादी त्यागेर एमाले बनेका प्रभु साह एमालेकै डम्बर यादव, रघुवीर महासेठ जनतामा भिज्न सक्ने नेताका रुपमा लिइन्छ । नागरिकता विरोधी एमाले नै भएको आरोप छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विवादित बनाइएको छ ।
राष्ट्रपतिको पदमा पुगेकाहरुले राष्ट्रको गरिमा कति राखे ? डा.रामवरण यादवले कार्यकारी सरकारले पेश गरेको निर्णय रोक्दा एमाले अध्यक्ष केपी ओलीलाई काखी च्यापेकै थिए । अहिले राष्ट्रपति नै एमालेको हर्ताकर्ता नेता हुन् भनिन्छ । देशको गरिमा राख्न नसक्ने राष्ट्रपति भनिन्छ । एमालेको लागि अहिले पनि मौका छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *