दलहरुलाई कस्दै आयोग

समाचार

काठमाडौं । भ्रष्ट नेतालाई टिकट नदिन दलहरुलाई निर्वाचन आयोगले भन्दै छ । तस्कर माफियाले आँफु सुरक्षित हुने बाटो खोज्दैछन् । आयोगले गुण्डा र भ्रष्टको सम्पत्ति छानबिन गरिरहेको र निर्वाचन स्वच्छ गर्नको लागि पार्टीहरुले भ्रष्ट र माफियाहरुलाई बोक्न हुन्न । तर दलका नेताहरुले राष्ट्रपतिबाट पाएको पदक तथा विभूषण पनि सरकारी राजस्व छल्ने पशुपति मुरारकालाई दिएको आरोप छ ।
निर्वाचन आयोगले दलका नेता र मन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्य क्षेत्रमा जान नपाउने आचारसंहिता बनाउँदै छ । यसपटक आयोगले निर्वाचन खर्च र सम्पत्ति विवरण समेत उम्मेद्वारले बुझाउनुपर्ने व्यवस्था गर्दा वैधानिक कमाईभन्दा अवैधानिक धन्दा गर्नेहरु रन्थनिएका छन् । स्वच्छता, निष्पक्षताको कुरा जति प्रचार भएका छन्, आयोगभित्रै आर्थिक पारदर्शीता कति छ त्यो भने शंकाकै घेरामा छ । सरकारले यो बेला कर्मचारी सरुवामा समेत निकै झमेला गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *