प्रदेशको उम्मेद्वार बन्न होटलको बास

समाचार

काठमाडौं । राजनीतिक दलहरुबीचको खिचातानीले गर्दाखेरी नेपाल र नेपाली जनताले दुःख पाएको अवस्था छ । राजनीतिक दलहरुले एकआपसमा समन्वयकारी भूमिका निभाउन नसक्दा अधिकांश विकासका योजनाहरु अलपत्र परेका छन् । राजनीतिक दलका नेता र सांसदहरु सुविधाभोगि भएका छन् । भ्रष्टचार गरेका छन् । नेपाली जनता निराश भएका छन् । अहिले गठबन्धन सरकारभित्र द्वन्द्व चलिरहेको छ । सिट बाँडफाडमा अहिलेसम्म कुरा मिल्न सकेको छैन । अधिकांश राजनीतिक दलका नेताहरुबीचमा एकअर्कालाई हिलो छ्यापाछ्याप गरिरहेका छन् । कसले कुन पार्टी सिध्याउने भनेर लागिपरेका छन् । चाडबाड लागेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, एकृकीत समाजवादी पार्टीलागयतका पार्टीभित्र समानुपातिक सिटमा नपर्नेहरु यतिखेर जिल्ला प्रदेश र स्थानीयतहबाट केन्द्रीय राजधानीमा आएर पार्टी अध्यक्ष र सभापतिलाई भेट्ने, नेताहरुको चाँकडी गर्ने, टिकटको दावी गर्नेदेखि चाकरी, चाप्लुसी गर्ने र पार्टीलाई सहयोग गर्ने जस्ता वचन दिएर नेताको वरिपरि घुम्ने, र टिकट फुत्काउने दाउमा अधिकांश राजनीतिक दलका नेता र कार्यकर्ता लागि परेका छन् । विभिन्न होटल, रेष्टुरेन्टमा नेतासमेत बस्ने गरेका छन् । र प्रत्यक्ष निर्वाचनको लागि लभिङ गरिरहेका छन् । होटलमा लाखौ पैसा खर्च गरेका छन् । पाँचदलिय गठबन्धन सरकारभित्र सिट बाँडफाँडमा हम्मे हम्मे परेको छ । उता नेकपा एमालेभित्र पनि राजनीतिक दलका कार्यकर्ताहरु पार्टी प्रवेश गराउने लहर चलेको छ । एमालेभित्र कुनै गुट उपगुट छैन । आगामी निर्वाचन एमालेको पक्षमा जनलहर आउँछ भन्दै पार्टी अध्यक्ष केपी ओली देश भ्रमणमा निस्केका छन् । विभिन्न जिल्ला, प्रदेश र स्थानीय तहमा एमाले पार्टी प्रवेश गराउन भ्याइनभ्याइ छ । प्रत्यक्षतर्फको लागि कस–कसले टिकट पाउँछ भन्ने कुरा अहिले सम्म एमाले पार्टीले निर्णय गर्न सकेको छैन । उता एमालेका दशभाइ नेतादेखि रामबहादुर थापा बादल, लेखराज भट्ट, हरिबोल गजुरेल जस्ता नेताहरुले प्रत्यक्षतर्फ टिकट पाउने हुन् या होइनन् अहिले सम्म यकिन भएको छैन । अझै अधिकांश राजनीतिक दलका नेताहरु एकआपसमा गालीगलौजमा उत्रिएका छन् । राजनीतिक पार्टीभित्र गालीगलौज गर्नु भनेको राजनीतिक दलभित्र विवाजित ल्याउनु हो । अहिले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजावदी, मधेसवादी दल, जसपा, र लोसपाका नेताहरुले के कसरी भागबन्डा मिलाउँछन् ? अधिकांश राजनीतक दलका नेताहरु पुरानै अनुहारका दोहोरिने सम्भावना बढेर गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *