दधिकोट अरनिको दक्षिण पश्चिम टोल सुधार समिति गठन

समाचार

काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ अरनिको दक्षिणपश्चिम टोल सुधार समिति गठन भएको छ । उक्त टोल सुधार समितिको उद्घाटन गदैँ बडादस,ैँ दिपावली, छठ र इति सम्वत्को शुभकामना आदान–प्रदान गरेको छ । सो कार्यक्रमको उद्घाटन वडा नं. ४ का अध्यक्ष दामोदार न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको विशेष अतिथिमा छहारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण हरि खड्का, गाम्छा सहकारी संस्थाका विकास खड्का, अमर ज्योति सहकारी संस्थाका दामोदार न्योपानेलगायत रहेका थिए । कार्यक्रममा विभिन्न बुद्धीजिवी, भद्रभलाद्मीको उपस्थि रहेको थियो । अरनिको दक्षिण–पश्चिम टोल सुधार समितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनहरुमा आफ्नो टोल आफै बनाउने, सरसफाइ गर्ने, विकासका योजनाहरु ल्याउने, र अधिकांश टोलवासीहरुलाई एकताबद्ध भएर टोल सुधारको लागि लाग्न आह्वान समेत गरेको थियो । यस्तै वडा अध्यक्ष न्यौपानेले भनेका छन्,– अरनिको दक्षिण–पश्चिम टोल सुधारलाई हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने र उक्त टोल सुधारभित्र रहेका सडकहरुको जिर्णोद्वार गर्ने, विकासका कामलाई अगाडी बढाउने, टोलसुधार समितिलाई आइपर्ने समस्या हल गर्नेलगायतका वचनवद्धता गर्नुभएको थियो । त्यस्तै अन्य सहकारी संस्थाका अध्यक्षहरुले आ–आफ्नो मन्तब्यमा यस टोल सुधार समितिलाई आवश्यक पर्ने पूर्वाधार विकासदेखि अन्य सेवामा सहकारी संस्थाले सकेको सहयोग गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *