जनताका लागि चाडपर्व अभिसाप

समाचार

असोज १० बाट नेपालीहरुको सबैभन्दा ठूलो चाडपर्व दशैं सुरु भएको छ । अधिकांश नेपालीहरुले वडा दशैंलाई मध्येनजर गरी घरघरमा घटस्थापना गरेका छन् । दशैं नजिकिँदै गर्दा बजर मूल्य भने नेपाली जनताको आयस्तरभन्दा पनि महंगो बन्दै गएको छ । अधिकांश नेपालीले चाडवाडमा लत्तकपडादेखि मरमसला, खाद्यान्न, मासु, फलपूmल, तरिकारी, खानेतेल जस्ता अतिआवश्यकीय वस्तुहरुको मूल्य छोइनसक्नु भएको छ । सरकार भने कालाबजारीया, तस्करी, माफिया, ठेकेदार र बिचौलियाको ढाकछोप गर्दै कमिसनमा रमाएको छ । राजनीतिक दलहरु दलहरु भने चुनावमा तछाडमछाड गरी भागबण्डामा लिप्छ रहेका छन् । प्रहरी, प्रशासन भने शान्ति सुरक्षा र अमनचयनमा नलागेर मुकदर्शक जस्तै भएको छ । यस्तै आमनेपालीलाई नभई नहुने खाद्यान्नको जोहो गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारी भने बेखर जस्तै बनेका छन् ।
अधिकांश बजारमा खाद्य सामग्रीको अभाव देखाएर व्यापारीहरुले बजार मूल्य बढाइरहेका छन् । सरकारले गर्नुपर्ने अनुगमन गर्न सकेको छैन । गरिहाले पनि उनीहरुलाई महिनावारी नआउने साना व्यापारीमाथि अनुगमन गरेजस्तो मात्रै गर्ने गरेका छन् । ठूला व्यापारीहरुले जति सामान अभाव देखाएर कालाबजारी गर्दा पनि ती व्यापारीहरुलाई कुनै कारबाहीको दायरामा सरकारले ल्याउन सक्दैन । चाडवाडसँगै निमुखा नेपाली जनतालाई खाद्य संस्थानले दिँदै आएको सहुलियत सुविधासमेत यसपालिको चाडवाडमा दिएको छैन । खाद्य संस्थानबाट वितरण गरिने खसीबोका, च्याङग्रासमेत सरकारल सहुलियत मूल्यमा ल्याएर विक्रीवितरण गर्ने चलन विगतका चाडपर्वहरुमा भएको थियो । तर, यसपालिकाको चाडवाडमा भने त्यो व्यवस्था पनि गरिएको अवस्था छैन । सरकारले सुपथ मूल्यमा खोलेको पसल पनि गरिव, निमुखा जनाताको लागि नभई ठूला, बढा र धनाढ्यको पहुँचमा मात्रै पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *