दोलखामा एमालेले अघि सा-यो बालकृष्ण सिवाकोटीलाई

राजनीति समाचार

काठमाडौं । पूर्व व्यापारी, समाजसेवी तथा नेकपा एमालेका नेता बालकृष्ण सिवाकोटीले दोलखाबाट संघीय संसद्को टिकट हात पारेका छन् । सिवाकोटीलाई नेकपा एमालेले दोलखाको संघीय संसद्को लागि टिकट दिएको छ । सिवाकोटी विगत लामोसमयदेखि एमाले पार्टीमा लाग्दै, आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै र समाजसेवी काम गर्दै आएका व्यक्ति हुन् ।

उनी पार्टीभित्र अहिलेसम्मकै नेतामा स्वच्छ छवि र इमानदार नेताको रुपमा परिचित छन् । त्यसैले उनी युवाहरुमाझ लोकप्रिय नेता भनेर चिनिन्छन् । त्यसकारण कार्यकर्तादेखि व्यवसाय गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, कर्मचारी, समाजसेवी र सर्वसाधारणले बालकृष्ण सिवाकोटीले टिकट पाएकोमा खुसी व्यक्त गर्न थालेको तामाकोसन्देश डटकमका सम्वादाताले दोलखाबाट बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *