तीन पदका लागि ताप्लेजुङमा २८ को उम्मेदवारी

राजनीति समाचार

फुङ्लिङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा (एमाले)का योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ । विभिन्न निर्वाचन क्षेत्रमा एमालेसँग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट रामबहादुर कार्की र जसपाबाट चन्द्र मादेनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनबाट विक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनता समाजवादी पार्टीबाट कृष्णबहादुुर लिम्बूको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *