ठूला–ठूला विज्ञापन गर्दै, बजारमा गुणस्तरहिन मदिरा विक्री गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपालमा उत्पादित मदिराले नपुगेर विदेशबाटसमेत करोडौंको मदिरा भित्रिने गरेको पाइन्छ । यसरी भित्रीने विदेशी मदिरा नेपाल ल्याउँदा राज्यलाई तिनीहरुले कर तिरेका छन् कि छैनन् यसबारे सम्बन्धित निकायले चासो देखाएको पाइँदैन । तर, नेपालमा उत्पादित मदिराले अधिकांश उपभोक्ताहरुको ज्यानसमेत जोखिममा पर्ने गरेको छ । त्यसैगरी रक्सी सेवनका कारण कतिपयको घरबारसमेत बिग्रिने गरेका उदाहरण थुप्रै छन् ।

त्यसैगरी मदिरा सेवनको तलमा फसेर कतिपयको करोडौं सम्पत्ति ध्वस्त भएको छ । त्यसतर्पm नेपालको सम्बन्धित निकाय गृह प्रशासन यस विषयमा मुकदर्शक बनेको देखिन्छ । जब नेपालमा चाडबाड सुरु हुन्छ अनि ब्रान्डेड रक्सीको विज्ञान विभिन्न आपूmलाई राष्ट्रिय दावी गर्ने छापा, इलोक्ट्रोनिक सञ्चारमाध्यम र होडिङबोर्डमा ठूला–ठूला विज्ञानहरु देखिन थाल्छन् । यसरी विज्ञापन गर्ने ती मदिरा कम्पनीहरुले राज्यलाई विज्ञान गरेबापत कती कर तिरेका छन् ? त्यसप्रति सम्बन्धित निकायको ध्यान गएको छ । उता सरकारले भने मदिरा र सूर्तिजन्य पद्धार्थको विज्ञापन सार्वजनिक ठाउँ र राष्ट्रिय मिडियामा गर्न नपाउने नीति बनाएको थियो ।

तर, मदिरा कम्पनीहरुले आफूखसी मनपरी ढंगले राज्यको आँखामा छारो हालेर सार्वजनिक स्थल, पसल, राष्ट्रिय दैनिक, विभिन्न टेलिभिजन, केही अनलाइन, सामाजिक सञ्जाल र केही म्यागेजिनमा करोडौंको विज्ञापन गरेर उपभोक्तामा आकर्षण जगाउने काम गरिराखेका छन् । यसले अधिकांश उपभोक्ताहरुलाई रक्सी व्यापारीहरुले विज्ञापनको आडमा जथाभावी मूल्य लिएर ठगिरहेका छन् । बजारमा पाइने मदिराहरु गुणस्तरभन्दा पनि गुणस्तरहिन मदिरा बढी विक्रीवितरण भइरहेका छन् ।

यसप्रति राज्य मुकदर्शक बनेको देखिन्छ । अहिले सबैभन्दा बढी प्रचारप्रसार गर्ने मदिराहरुमा गोल्डेनओक, रुस्लान भोड्का, ओल्डदरबार, फोरएटएटफोर, काल्सवर्ग, टुबर्ग, गोर्खास्ट्रङ्ग, सिक्नेचर, ट्वान्टी–ट्वान्टीलगायतले जहिले पनि वडा दशैं, तिहार, छठ, क्रिस्मस, लोसार, इद, नयाँवर्षलगायतका राष्ट्रिय चाडपर्वमा ठूला–ठूला आकर्षक विज्ञापन गर्ने गरेका छन् । यसरी विज्ञापन गरिएका ती रक्सीहरु सबै गुणस्तरयुक्त छन् त ? यसप्रति सम्बन्धित निकायको ध्यान जाने कि नजाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *