पूर्व प्रहरीका भ्रष्टाचारी उम्मेद्वार

समाचार

काठमाडौं । नेकपा एमालेले कतै कार्यकर्ता नपाए जसरी चुनावमा उठाउने उम्मेद्वार पनि पाउन सकेन । पार्टीमा जीवन बिताएका भन्दा नवप्रवेशी पूर्व प्रहरी डीआईजी र आईजीपीलाई पार्टीमा प्रवेश गराएर मिटर ब्याज प्रकरणको दाग लागेका नवराज सिलवाललाई २०७४ मै ललितपुर क्षेत्र नं. २ को सांसद बनायो । गुणबहादुर थापा सिन्धुपाल्चोकबाट आएर ललितपुर जिल्ला प्रशासनमा उजुरी दिएका छन् । थापाले सिलवाल काठमाडौं परिसरमा हुँदा उद्योग खोल्न लिएको पैसा साँवाब्याजसहित बुझाएको बताएका थिए । तर सिलवाल सिआईवीमा बस्दा गुणबहादुरलाई पक्राउ गर्न अनेक हत्कण्डा चर्काउन थालेपछि मिटरब्याज काण्डले स्थान पाउको थियो ।
डा.सुरेन्द्र यादव अपहरण काण्डको नाइके मानिएका तत्कालीन आईजीपी सर्वेन्द्र खनाललाई पार्टी प्रवेश गराएर एमालेले प्रतिनिधिसभाको उम्मेद्वार बनाएको छ । सर्वेन्द्र खनाल प्रहरी सेवामै बस्दा विवादमा परेका थिए । कुमार घैंटेको घरमै गएर गोली हान्ने काम खनालले गरेका थिए । नेकपा चन्दका कुमार पौडेल हत्यामा पनि सहभागी भएको बताइन्छ । यो सत्य जान्दा जान्दै एमालेले किन खनालजस्तालाई नै काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेद्वार बनाएको छ भन्ने प्रश्न कार्यकर्ताले गनृ थालेका छन् । एमाले पार्टीले कसरी बहुमत ल्याउँछ जसले भ्रष्टाचारी चोख्याउँदैछ । राजु गोर्खाली, मिलन चक्रे, पर्शुराम बस्नेत, रमेश पौडेलसमेत एमाले प्रदेश सांसदको दाबेदार भएका छन् । जसपाका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गर्ने महेश बस्नेत, सर्वेन्द्र खनाल, किसान श्रेष्ठले सक्रिय राजनीति गरेर जनतालाई कति रिझाउलान् ? किसान श्रेष्ठ श्रममन्त्री बन्दा राम्रै गरे । अहिले उनी नेकपा एसमा छन् । तनहुँको खनाल एकाएक एमाले भए । सहयात्री रमेश खरेल भने काठमाडौं १ मा उम्मेद्वार दिएका छन् । कांग्रेस पार्टीको आडमा स्वतन्त्र उम्मेद्वार बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *