नेपाल प्रहरीले तस्करी बढाउँदै

समाचार

काठमाडौं । नेपाल प्रहरी शक्ति केन्द्रको सेवक भएपछि प्रहरी पोशाकमा जे गरे पनि छुट हुन्छ । आफु गुप्तचरबाट आएकोले सबै जानकारी छ भन्ने नेपालगंजका एसपी श्यामकृष्ण अधिकारी ५० लाख बुझाएर उतै बिरगंजतिरै थमौती भएका छन् । होटल, रेस्टुरा, क्यासिनोमा यौनधन्दा चलाउनेसँग पैसा उठाउने प्रहरीको आम्दानीको स्रोत बनेको छ । अधिकारीले यही धन्दा चलाउनेलाई सहयोग गर्दै आएका छन् । बालुवाटारको आडमा कोहलपुर पुगेका डीएसपी ऐनबहादुर मल्लले समेत यस्तो धन्दा चलाउनेलाई सहयोग गरिराखेका छन् ।
बिचौलियामार्फत धन्दा चलाएका छन् । विपिन शाही, अमृत गिरी, उमेशजंग शाही, विवेक गिरीको धन्दा यस्तै छ । बालुवा तस्करी र चोरी त्यहीं बढी छ । मल्ल कोहलपुरमा ट्राफिक प्रहरी प्रमुख थिए । अहिले इप्रका कोहलपुरमै खटिएका पात्र हुन् । लुम्बिनी प्रदेशमा डीआईजी नलप्रसाद रहेछन् । प्रदेश २ मा अलाम खाँ पनि बद्नाम पात्र भएका छन् । प्रहरी हेडक्वार्टरबाट खटिएको टोलीले निगरानी गर्दैन ।
प्रहरीको लागि चाडपर्व कमाईको माध्यम बन्ने गर्छ । केन्द्रले समेत पैसा लिएर खटाएकोले तिनीहरुलाई कारबाही हुँदैन । तराईका सबै जिल्लामा यतिखेर तस्करीको कारोबार चलेको छ । बालुवाटारको आडभरोसा पाएपछि नेपाल प्रहरी र सशस्त्रको सीमा क्षेत्रको फौजी समूह छुट्टाएको हो । कांग्रेस सरकारमा जानासाथ जसरी दीपक मल्होत्राहरु सक्रिय हुन्छन् । त्यसैगरी प्रहरी र सशस्त्रमा भ्रष्ट पनि चम्कने गरेका छन् भन्ने कुरा कृष्णनगर भन्सारमा फालिएका सशस्त्र प्रहरी निरीक्षक जोगेनद्र केसी प्रमाण हुन् । रुपन्देहीको मझगवा पुगेका निरीक्षक रामहरी श्रेष्ठ, जोगेन्द्र केसी तस्करसँग लाइन मिलाउनेमा खप्पिस छन् । पहिलेका डीआईजी कुलबहादुर नेवाङ भ्रष्ट थिए । प्रत्येक बीओपीबाट २० हजार मासिक बुझ्ने गर्थे । हालका डीआईजी विदूर खड्काले त्यो धन्दा कति चलाउँछन् हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *