सर्वसाधारण लुट्दै नर्भिक अस्पताल

समाचार

काठमाडौं । आफैँले आफैँलाई ‘नामी र दामी’ घोषणा गर्ने निजी अस्पतालबाट सर्वसाधरण ठगिने क्रम जारी छ । नियामक निकाय नै निरीह भइदिँदा स्वास्थ्य र शिक्षाजस्तो जनताको मौलिक हकमा समेत लुट छ । चाहे मेडिसिटि होस वा ग्राण्डी चाहे नर्भिक अस्पताल यीनका लुट लेखिसाध्य छैन । नाफा कमाएर खाने संस्था भए पनि महामारीका बेला निजी अस्पतालको सामाजिक उत्तरदायित्व समेत बिर्सिएर सर्वसाधरण लुट्न उद्धत छन् नीजि अस्पताल । कतिपय अवस्थामा नचाहिने टेस्ट गरेर लुट मच्चाइरहेका छन् । यसरी खुलेआम गुण्डागर्दी गर्ने त्यस्ता निजी अस्पताललाई सजाय नभएपछि उनीहरूमा झनै आत्मबल बढ्ने नै भयो ।
आफूले आफैंलाई अन्तराष्ट्रिय स्तरको सेवा दिने भन्दै प्रचार गरिएका अस्पतालहरुको एक पछि अर्काे बदमासीहरु बाहिरिरहेका छन् । गैर अवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानीमा रहेको नेपाल मेडिसिटी अस्पतालले नियमित चेकअप गर्न आएकी गर्भवती महिलालाई एचआईभी संक्रमण भएको गलत रिपोर्ट दिएर तनावमा पारेकै शैलीमा अर्काे डलरे अर्वपतिका भाइ बसन्त चौधरीको लगानी रहेको नर्भिक अस्पतालले उसैगरी बदमासी गरेको भेटिएको छ । यो त्यही अस्पताल हो जस्ले सेवाग्राहीबाट १३ प्रतिशतसम्म बढी रकम असुलेको तथ्य फेला परेको थियो । कुमार दाहाल आपूर्तिको हाकिम हुँदा यो तथ्य उजागर गरेकै कारण त्यहाँबाट खेदिएका थिए । नर्भिकले ५ प्रतिशत अतिरिक्त रकम स्वास्थ सेवा करको नाममा लिने गरेपनि त्यसबाहेक १३ प्रतिशत रकम अस्पताल सेवा शुल्क असुल्दै आएको भेटिएको थियो । एकातिर सरकारी जग्गा कौडीको भाउमा भोगचलन गरिरहेको उस्ले १ सय सैया सञ्चालनको अनुमति लिएर १ सय ३० सैया सञ्चालन गरेको छ ।
सोही अस्पतालले पूर्व न्यायधीश गौरीबहादुर कार्कीले समेत सास्ती भुक्तमान गर्नुपरेको उनले दुखेसो पोखेको छ । आफ्नो नातीलाई डेङ्गु देखिएपछि कार्कीका नाती नर्भिक अस्पतालमा भर्ना भए । रक्त परीक्षण गर्दा प्लेटलेट्स अर्थात् सेतो रगत भर्ना गर्दा २३ गते १ लाख ५९ हजार, २४ गते १ लाख ७१ हजार, २५ गते घटेर १ लाख ५४ हजार, २६ गते घटेर १ लाख २७ हजार, २७ गते बिहान झन् घटेर ८९ हजार र अपरान्ह ४ बजे केही बढेर ९८ हजार पुगेको थियो । २८ गते बिहान झन् घटेर ७२ हजार पुग्यो । २९ गते बिहान त झन घटेर खतराको सीमामा ५४ हजार पुगेको रिर्पोट नर्भिकले दियो । जबकी रगतको सेतो रगत १ लाख ५० हजार देखि ४ लाखसम्म हुनु पर्ने बताइन्छ । ५० हजारभन्दा कम भएमा खतराको अवस्था भएको चिकित्सकहरु बताउँछन् ।
पूर्व न्यायधीश प्रधानलाई नर्भिकको परीक्षणको प्रतिवेदनमा शंका लागेर एउटा नर्भिकमा र अर्को नर्भिकबाहिर सम्यक डाइगोनिष्टिक ल्याब जावलाखेलामा परिक्षणका लागि पठाए तर नर्भिकमा ५४ हजार मात्र देखाएको प्लेटलेट्स सम्यकमा १ लाख देखायो । यस्का अलवा इसिनोफिल्स नर्भिकमा ०२ देखाएकोमा सम्यकमा ७ देखायो । अन्यमा पनि केही फरक देखिन आयो । यो एउटा उदाहरणले पनि ख्यातिप्राप्त र विश्वसनीय भनेको नर्भिक अस्पतालमाथिको ल्याब परीक्षणबाट बिरामी र अभिभावकलाई सन्त्रासको स्थिति सिर्जना गर्दे आएको प्रष्ट हुन्छ । नर्भिकको यो रिपोर्टबाट उसको अत्याधुनिक कम्पुटराइज्ड भनिएको उपकरणले ठीक रुपमा काम गरेको देखिन आएन । कित उसका टेक्निसियनहरुले लापरबाही गरे वा ५ तारे विलासी अस्पतालमा बिरामीलाई बढी दिन राख्ने दुराशयले गलत रिपोर्ट दिने गोप्य प्रचलन रहेको छ कि ? भन्दै उनले प्रश्न उठाएका छन् । यदी यसरी गलत रिपोर्ट आउने हो भने मेरो नातिको रगतको प्लाटिलेटमा मात्र होइन, अस्पतालमा आएका दैनिक हजारौं बिरामीका अन्य सवै खालका परीक्षणपनि विश्वसनीय मान्न सकिन्न । परीक्षण रिपोर्ट गलत रुपमा देखाइयो भने चिकित्सकले गलत रिपोर्टको आधारमा उपचार गर्दा बिरामीको ज्यान जान सक्छ । कुनै तत्व न्यूनतमभन्दा धेरै कम रहेको अवस्थामा पनि नर्मल देखाई दियो भने ज्यानमा खतरा हुन सक्छ । त्यसैले नर्भिक जस्तो अस्पतालको यो लापरबाहीबाट सतर्क हुन म बिरामीका अभिभावक, सरकारी निकाय र अस्पताल सञ्चालक वसन्तकुमार चौधरीलगायतको उनले ध्यानाकर्षण समेत गराएका छन् । जसरी यस अघि कोरोना कालमा पिसिआर परिक्षणका लागि विथ ल्यावमा पुगेका परीक्षणकर्ता सबै जसोको रिर्पोट पोजेटिभ देखाउने र सारा परिवारकै कोरोना पोजेटिभ देखाएर विथ ल्यावका मालिक विके भण्डारी कमाउ धन्दा चलाएका थिए । नर्भिकजस्ता अस्पतालले पनि यस्तै धन्दा चलाइरहेको जानकारहरु सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *