प्रहरीहरु सेवाबाट अवकास पाउँदै राजनीति गर्दै

समाचार

काठमाडौं । विगत लामो समयदेखि नेपाल प्रहरीभित्र राजनीतिक चलखेल बढ्दै आएको छ । त्यही राजनीतिक दलको चेलखेलका कारणले नेपाल प्रहरीभित्र शान्ति, सुव्यवस्था र अमनचयन हुन सकेको छैन । त्यसकारण नेपाल प्रहरी जहिले पनि विवादमा पर्दै आएको छ । अहिले चुनावसँगै नेपाल प्रहरीले शान्ति, सुव्यवस्था कायम गर्न सक्छ कि सक्दैन भन्ने आमनेपाली जनतामा खुल्दुली भएको छ । राजनीतिक दलका कारणले गर्दा नेपाल प्रहरीमा भद्रगोल सिर्जना भएको छ । किन कि तत्कालीन सरकारको पालामा प्रहरीको आइजीपी बनाउने खेलमा राजनीतिक दलहरु मुछिएका थिए । तत्कालीन गृहमन्त्री वामदेव गौतमले तत्कालीन आइजीपी अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई नेपाल प्रहरीको आइजीपी बनाएदेखि सुरु भएको राजनीतिक हस्तक्षेपले नेपाल प्रहरी बद्नम हुँदै आएको छ । उक्त खुेलसँगै नेपाल प्रहरीमा अहिलेसम्म राजनीतिक चलखेल यथावतै छ । किन कि तत्कालीन सरकारको पालामा नेपाल प्रहरीको आइजीपी बनाउने खेलमा राजनीतिक हस्तक्षेप हुँदा जयबहादुर चन्द र नवराज सिलवालको द्वन्द्वको कारणले गर्दा सर्वेन्द्र खनालले प्रहरीको आइजीपीमा बाजी मार्न सफल भएका थिए । र, नवराज सिलवालले प्रहरीबाट राजीनामा दिएका थिए । यसरी सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएपछि नेकपा एमालेले ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट सांसद पदमा टिकट दिई विजयी गराएको थियो । उता, जयबहादुर चन्द पनि प्रहरीको आइजीपी बन्न नसकेपछि सेवानिवृत्त भएर एक दैनिक पत्रिकाको सञ्चालक भएर पत्रिका चलाएका थिए । तर, चन्दलाई सञ्चारमाध्यमको अनुभव नभएपछि उनले सो पत्रिकाबाट पनि राजीनामा दिएर बसेका थिए । चन्द कांग्रेस पार्टीको मसर्थक भएको कारणले गर्दा उनी प्रहरी सेवामा रहँदा आइजीपी बनाउन नसकेको कारणले त्यसको पैँचो तिर्न आफ्नै जिल्ला र भेगीय नाताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भागशान्ति खोजेर एमाले सरकारको शरणमा पुगे । तत्कालीन नेकपा सरकारले पनि कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलका कारण जयबहादुर चन्दलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाएको थियो । चन्दलाई प्रहरी सेवामा रहँदा आइजीपी बनाउन नसकेको कारणले गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्त गरिको थियो । चन्दलाई आयुक्त बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुसँग हारगुहार गरेकी थिइन् । यसै कारणले अहिले पनि नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेप चलिरहेको छ । आउँदा दिनमा पनि नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेप नहोला भन्न सकिँदैन । यसको उदाहरण अहिले पूर्व आइजीपी सर्वेन्द्र खनाल बनेका छन् । खनालले प्रहरी सेवाबाट अवकास पाएपछि चुपचाप बसेका थिए । उता एमाले सरकारले संसद विघटन गर्ने बेलामा महेश बस्नेतले प्रयोग गरेर सांसद अपहरणसम्मको काखण्ड मच्चाएको दोष सर्वेन्द्रमाथि लगाइएको थियो । उनी अहिले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट एमालेको उम्मेदवार बनेका छन् । खनाल एमाले प्रवेश गरेर मात्रै प्रहरीमा सेवामा रहँदा पनि एमालेलाई समर्थन गर्दै आएको कुरा सार्वजनिक भएको थियो । अहिले नवराज सिलवाललाई दोहो¥याएर ललितपुरमै एमाले पार्टीले उम्मेदवार बनाएको छ । उता सशस्त्र प्रहरीबाट रिटायर्ड भएका ठाकुरमोहन श्रेष्ठलाई पनि राप्रपाले काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनाएको छ । यसैगरी पूर्व प्रहरी रमेश खरेल आइजीपी हुन नसकेपछि सेवाबाट राजीनामा दिएर बाहिरिएका थिए । अहिले उनी काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *