राजनीतिक पार्टीभित्र गाईजात्रा

समाचार

सम्पादकीय

आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवार खडा गरे तापनि खासै उपलब्धी हुने देखिँदैन । किन कि सबै राजनीतिक दलभित्र टिकट वितरणको विषयलाई लिएर भाँडभैलो भएको छ । राजनीतिक दलहरुले निष्ठावान, इमानदार, पार्टीको लागि जीवन बिताएका व्यक्तिलाई पछाडि पार्दै आपूmनिकट भएका र साम, दाम, दण्ड, भेद सबै अपनाउन सक्ने व्यक्तिलाई विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुले टिकट दिएका छन् । यहीं विषयलाई लिएर नेपाली कांग्रेसभित्र पनि गुट, उपगुटको कारण बागी उम्मेदवार खडा भएका छन् । यस्तै नेकपा एमालेभित्र पनि टिकट वितरणको विषयलाई लिएर असन्तुष्टि जनाउँदै बागी उम्मेदवारहरु खडा भएका छन् । यस्तै भरखर जन्मिएको एकीकृत समाजवादी पार्टीभित्र टिकटकै विषयलाई लिएर असन्तुष्टिहरुबीचमा भाँडभैलो भएको छ । उता नेकपा माओवादी केन्द्रभित्र पनि टिकटकै विषयलाई लिएर केही नेताहरु असन्तुष्टि जनाइराखेका छन् भने पार्टीलाई चुनावमा असहयोग गर्ने हल्ला चलिरहेको छ । यस्तै तराइवासी पार्टीहरुबीचमा पनि अकापसमा मतमतान्तर र विवादहरु कायमै छ । त्यसैगरी राप्रपामा पनि नेता, कार्यकर्ताबीचमा असन्तुष्टि देखिएको छ । र, आगामी मंसिर ४ मा आमनिर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष गठबन्धनबीच कसले जित हासिल गर्छ भन्ने एकिन नेपाली जनतामा छैन । उता कतिपय स्वतन्त्र उम्मेदवारी दिनेहरुले पनि संघ र प्रदेशमा चुनाव जितिहाल्ने कुनै ग्यारेन्टी देखिँदैन । यसले गर्दा ठूला भनिएका राजनीतिक दलदेखि स–साना भुरेटाकुरे दलको त कुनै अस्तित्व नै नरहन पनि सक्छ । तर, विभिन्न राजनीतिक दलहरु भने आ–आफूले ठूलो पार्टी बन्ने दावी गरिराखेका छन् । त्यस स्वतन्त्र उम्मेदवारी दिनेहरु पनि आपूmहरुले चुनाव जित्ने ठोकुवा गर्दै पनि छन् । राजनीतिक दलभित्र एकापसमा भाँडभैलो मच्चाइराखेका छन् । र, टिकट वितरणको विषयलाई लिएर कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा, लोसपा, जसपा जस्ता राष्ट्रिय पार्टीहरुभित्र बागी उम्मेदवारी दिएर गाईजात्रा देखाइराखेका छन् । यस्तै मकवानपुर १ मा एमालेको सूर्य चिन्हबाट कमल थापा चुनावी प्रतिस्पर्धामा छन् । उनले एमाले पार्टी प्रवेश नै नगरी कसरी सूर्य चिन्हबाट चुनाव लड्दै छन्, यो विषय वैधानिक हो कि अवैधानिक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *