चाडपर्व लागेसँगै सल्बलाउँदै तस्कर सशस्त्रका एआईजी नै विवादमा

समाचार

काठमाडौं । सशस्त्र प्रहरीमा अहिले चर्चा चल्न थालेको छ, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको भए सशस्त्र प्रहरीका चन्द्रप्रकाश गौतम आईजीपी बन्थे । एमाले नेता केपी ओलीलाई योग्यता, कार्यकुशलता भन्दा जिल्लावासी र भक्त भए पुग्छ भन्ने आरोप लागेको छ । तर एआईजी बढुवामा समेत आवश्यकभन्दा बढी चलखेल गरेका कारणले समान हैसियतको डीआईजीबाट एआईजी बन्न एक महिना कुर्नुपथ्र्याे । तर आईजीपी राजु अर्याल एआईजी नारायणदत्त पौडेललाई पछि पार्दै सिपी गौतम निकै लागेका थिए । तर मन्त्रिपरिषद्ले गृहबाट बनेको आइओएम सर्वेक्षणलाई जोगाइदियो । गौतमको क्षमता भने को सेनाबाट सशस्त्रमा आयो भनेर हेर्ने हो । गौतमले जहाँ नेतृत्व लिन्छन्, त्यहाँ विवादमा पर्छन । सानो गौचरणमा बस्दा उनलाई रासन काण्ड लाग्यो । बलम्बु पुगे, त्यहाँ पनि विवादित भए । बलम्बुमा बस्दा विभिन्न काण्ड लाग्यो । वंशी दाहालको झण्डै जागिर गएको थियो । तत्कालीन आईजीपी सनत बस्नेतले जोगाएका कारण दाहाल डिआइजी हुन पाएका थिए ।
अहिले दाहाल एआईजी बन्ने सशस्त्रमा दुई एआईजी थप्नुपर्ने लविङमा छन् । तर संस्थागत रुपमा त्यसबारे नेतृत्वले मुख खोलेको छैन । सानो मनका किशोर पनि एआईजी बन्न पाए के के न हुँदो हो भन्दै तनहुँका नेताहरको चाकडी गर्न थालेका छन् । अहिले सशस्त्रले एआईजी सिपी गौतमलाई सीमा प्रमुख बनाएको छ । किनकि उनले सीमाको बिओपीमा खटेका कमाण्डरहरुलाई थर्काएर दाम झारेका छन् । उनी डिआईजी हुँदा कमाण्ड गरेको प्रदेशको छिन्नमस्ता बाहिनीले विभिन्न तस्करहरुसँग मिलेर तस्करी गरिरहेका छन् । यस्तो कुरामा आईजीपीले ध्यान दिएका छैनन् ।
नेपालबाट भारत जाने तेस्रो देशबाट नेपाल भित्र्याइएको सुपारी बढी तस्करी हुन्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा र पर्सामात्र होइन झापा, मोरङ, रुपन्देही, नवलपरासी, नेपालगंज भन्सार क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्रले तस्करसित मिलेर उठाउने धन्दा चलाएका छन् । सप्तरीका एसपी प्रदिप खड्का सिरहाका रमेशकुमार थापाले आफ्नो प्रदेश कमाण्ड भन्दा बीओपी कमाण्ड भ्रष्ट एआईजी सिपी गौतमको आदेश मान्दा झन् तस्करी नै चलेकोे छ । सशस्त्र प्रदेश १ का डीआईजी कमल गिरीको करामतले मोरङमा ८ ट्रक सुपारी भन्सार विभागले समात्दा बालुवाटारसमेत विवादमा परेको छ । किनकि बालुवाटारले प्रहरी र सशस्त्रलाई भगिनी संगठन बनाएको छ । हस्तक्षेपकै कारण गुप्तचरमा कुम्भकर्णका रुपमा परिचित ओमप्रसाद जोशीलाई महानिर्देशक (एआईजी) बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *