अधिकांश आयोजना र मन्त्रालयका गाडी चुनावी प्रचारमा दूरुपयोग

राजनीति समाचार

काठमाडौं । अहिले मन्त्रीहरुले चुनावको मौका छोपेर अधिकांश आयोजनादेखि ठूला–ठूला प्रोजेक्टहरुको गाडी प्रयोग गरी आफ्नो चुनावी क्षेत्रमा प्रचारप्रसारका लागि प्रयोग गरेका छन् । शहरी विकास तथा भवन निर्माण मन्त्रालयका स्वकीय सचिव भूमाण्डप केसीले बागमती आयोजना प्रमुखले प्रयोग गर्ने बा २ झ ७०७ नम्बरको गाडी चुनावी प्रचारप्रसारमा प्रयोग गरेका छन् ।

यसैगरी सिल्पीआईयुको बा–१७ च ८५९९ नम्बर पिकअप गाडी अर्का महरा थरका पिएले चुनाव प्रचारप्रसारमा प्रयोग गरेका छन् । यसरी नेता तथा कार्यकर्ताले चुनावी प्रचारमा आयोजना प्रमुखको गाडी प्रयोग गरेपछि अहिले आयोजना प्रमुख गाडी चढ्नबाट बिहिन भएका छन् ।

गाडी नेताहरुले चुनाव प्रचारमा प्रयोग गरेपछि मन्त्री मेटमणि चौधरी र सचिवबीच मनमुटाब भएको छ । मन्त्रीले पीएहरुलाई चुनाव प्रचारप्रसारको लागि मन्त्रालयको गाडी दाङ पठाएका छन् । यो त एउटा उदाहरण मात्रै हो ।

सरकारका मन्त्रीहरु अधिकांश मन्त्रालय र आयोजनाका गाडी व्यक्तिगत कामको लागि दूरुपयोग गर्दै आएका छन् । गाडी मात्रै नभएर इन्धन खर्चसमेत सम्बन्धित मन्त्रालयले व्यहोर्दै आएको छ । यसरी अधिकांश ठूला मन्त्रालयका मन्त्रीहरुले राज्यको सम्पत्तिमाथि दोहन गर्दै आएका छन् । यसैगरी सत्तागठबन्धन दलमध्ये जसपाका नेता उपेन्द्र यादवले गठबन्धन तोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट मन्त्री भएकालाई हटाएका थिए ।

र, जसपाले सम्हाल्दै आएको मन्त्रालय अहिले प्रधानमन्त्री देउवा आफैले सम्हाल्दै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह सरकारबाट बाहिरिएपछि अहिले ती मन्त्रालय सुनसान अवस्था छन् ।

एकातिर सत्ता गठबन्धनबाट हटेपछि मन्त्रीको पद गएको छ भने अर्कातिर जसपाले सम्हाल्दै आएको मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हालेपछि ती मन्त्रालयहरुबाट विकासको नाममा आउने कमिसन चुनाव खर्चलाई सहयोग गर्ने भन्दै सचिव र आयोजना प्रमुखहरुलाई उर्दि जारी गरिएको विशेष स्रोतले बताएको छ ।

अहिले सरकार सञ्चालक गठबन्धनमध्ये तीन दलले सम्हाल्दै आएका मन्त्रालयहरुमा विकासका आयोजनाहरु ठप्प छन् । कर्मचारी भने चाडपर्वको चिहु पारी अफिसमा आएर हाटा गर्ने आफ्नो मन्त्रालय छाडी अन्यत्र मन्त्रालयका सचिवहरुसँग वार्तालाप गरेर दिन बिताउन थालेका छन् ।

अधिकांश सचिव राजनीतिक दलहरुको बारेमा टिकाटिप्पणी गर्दै आगामी निर्वाचनमा कुन पार्टीले बहुमत ल्याउने हो या ठूलो पार्टी बन्ने हो भन्दै विश्लेष्ण गर्न थालेका छन् ।  जुनसुकै पार्टीले सरकार बनाएपनि यो देश न बन्ने भो । राजनीतिक र कर्मचारी तन्त्रको एकापसमा समन्वय नहुँदा यो देशले दूर्गती भोग्नुपरेको छ भनी टिकाटिप्पण गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *