प्रहरीमा राजनीतिक हस्तक्षेप : मन्त्रीका पीएसोबाट सरुवा बडुवा

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र अहिले अधिकांश प्रहरीहरु आगामी आम निर्वाचनमा हुमिएका छन् । शान्ति सुव्यवस्था कायम गर्ने र शान्तिपूर्ण चुनाव सम्पन्न गर्ने भनिए तापनि अधिंकाश उच्च तहका प्रहरीहरुले भने राजनीतिक आस्था राख्ने दलहरुलाई निर्वाचन जिताउन लागि परेको विश्वस्त सुत्रले तामाकोशीलाई बताएको छ । अहिले कतिपय संघ, प्रदेशमा आफ्नो फेबरका प्रहरीहरुलाई राजनीतिक दलहरुले चुनावी क्षेत्रमा सरुवा गरेर लगेका छन् ।

प्रहरी भने शान्ति सुब्यवस्था अमचयन गर्ने भन्दा पनि आफ्नो राजनीतिक आस्थाको नेताहरुलाई कसरी निर्वाचनमा विजय गराउन सकिन्छ भन्नेतिर लागेका छन् । प्रहरी संगठनलाई राष्ट्रको गहना भने तापनि अहिले राजनीतिक हस्तक्षेपले गर्दा प्रहरीभित्र भद्रगोल भएको छ । अधिकांश उच्च तहका प्रहरीहरु सरुवा, बडुवा हुनलाई राजनीतिक दलका नेता, पाटी अध्यक्ष, पार्टी सभापतिदेखि ठुला नेताका श्रीमतीहरुलाई प्रयोग गरी आफू प्रमोसन र सरुवा हुनको लागि समेत प्रयोग गर्ने गरेका छन् ।

उदाहरणका लागि एकजना हवल्दार बडुवा हुनको लागि राजनीतिक दलकै नेता प्रयोग गर्ने गरेका छन् । र, अधिकांश प्रहरीहरुले राजनीतिक सोर्सफोर्सबिना प्रहरी संगठनले निष्पक्षता, निष्ठवान, इमान्दारीता पूर्वक काम गर्ने प्रहरीलाई बडुवा र भनेको ठाउँमा सरुवा गर्न सकेका छैनन् । खाली राजनीतिक दलनिकट भएर सरुवा गर्नुपर्ने, बडुवा हुनुपर्ने भएकाले अधिकांश प्रहरीहरु शान्ति सुव्यवस्था गर्न छाडेर राजनीतिक दलहरुबाट मन्त्री बनेका मन्त्रीहरुको चाकडी गर्ने र मन्त्रीका पीएसोले मन्त्रीमार्फत सरुवा बडुवा मिलाउने काम गर्दै आएका छन् । यहि नितिनियम लागू रहिरहने हो भने प्रहरीहरु जागिर खानबाट पलायन हुने अवस्था देखिन्छ ।

अहिले दिपावली नजिकिँदै छ । तस्करीहरुले तस्कर धन्दा चलाइरहेका छन् । तस्करहरुले दिपावलीको लागि भनेर पटाका, भुइँचम्पा, कौडा, झिरझिरे, जस्ता समानहरु सरकारले प्रतिबन्ध लगायता पनि तस्करहरुले भित्री रुपमा भित्रयाइरहेका छन् । दिपावलीमा यस्ता सामानहरु बजारमा लुकीछिपी बिक्रिवितारण भएको पाइन्छ ।

तर प्रहरी भने चुपचाप बसेको छ । दिपावलीसँगै भिडभाडमा पाकेतमारादेखि चोरहरुको बिगबिगि त्यत्तिकै बढेको छ । यसलाई प्रहरीले नियन्त्रण गर्न सकेको छैन । अहिले बसपार्क जस्तै ः गोंगंबु, कोटेश्वर, कलंकी, चाबहिल, गौशाला, बागबजार, ग्वार्खु लगायत क्षेत्रमा होटल व्यवसायहरुले गोप्यरुपमा यौनधन्दा चलाइरहेको बताइन्छ । तर, प्रहरी के छ भन्दै होटल व्यवसायीलाई सोध्ने र महिनावारी असुल्ने गरेको समेत पाइन्छ ।

प्रहरीको यस्तो लापरवाहीले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा शान्ति सुव्यवस्था कायम गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न आमजनतामा उठ्न थालेको छ । खासगरी तराईका खुला नाकाहरुबाट चोरी तस्करी भइँरहदा पनि प्रहरी भने मुकदर्शक बन्दै गएको छ । यसको उदाहरण सशस्त्र प्रहरीभित्र भएको छ ।

सशस्त्र प्रहरीभित्र तस्कर र प्रहरीको कुरा नमिल्दा सशस्त्र प्रहरीले आफ्नै सहयोगीलाई हत्यासमेत गरेको उदाहरण जगजाहेर छ । किनकी सशस्त्रभित्रै शान्ति सुव्यवस्था कायम गर्ने प्रहरी तस्करसँग मिल्ने प्रहरीबिच विवाद भएपछि हत्या भएको बताइन्छ । यसैगरी नेपाल प्रहरीभित्र पनि तस्करीसँग मिल्ने प्रहरी र नमिल्ने प्रहरीबिच मतभेद नहोला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *