भक्तपुरको दुवै क्षेत्रमा त्रिपक्षीय भिडन्त

राजनीति समाचार

काठमाडौं । भक्तपुर जिल्लामा अहिले राजनीतिक सरगर्मी तातिएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा मजदूर किसान पार्टीबाट प्रेम सुवाल, सत्तागठबन्धनका तर्पmबाट माओवादीका सुनिल गोठे, प्रतिपक्षी दल एमालेबाट नवराज गेलानले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । यसरी मजदूर किसान पार्टीका प्रेम सुवाल र सत्तागठबन्धनका तर्पmबाट उम्मेदवार बनेका सुनिल गोठे र नेकपा एमालेबाट उम्मेदवार बनेका नवराज गेलानबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरी भक्तपुर क्षेत्र २ मा नेकपा एमालेबाट महेश बस्नेतले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । उनीसँगै प्रतिस्पर्धा गर्नेमा सत्तागठबन्धबाट नेपाली कांग्रेसका नेता दूर्लव थापालाई उम्मेदवार बनाइएको छ । भने नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगरलाई प्रतिस्पर्धामा उतारिएको छ

। यसैगरी अहिले भक्तपुरमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस नेता दूर्लव थापालाई हराउन कांग्रेसभित्रैबाट लागिपरेका छन् । त्यसैगरी यसपटक अधिकांशक ठूला दलहरुमा टिकट वितरणको विषयलाई लिएर मनमुटाव भएको छ । त्यसरी धेरै असन्तुष्टि देखिएका दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द, तराइवादी दल लोसपा, जसपा जस्ता दल मुख्य रहेका छन् ।

यी दलहरुभित्रको असन्तुष्टिले देशका अधिकांश निर्वाचन क्षेत्रमा असर गर्ने देखिन्छ । त्यसमध्ये भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा अझ बढी प्रभाव देखिन्छ । किन कि भक्तपुर २ मा एमालेभित्र असन्तुष्ट नेता, कार्यकर्ताले मजदुर किसान पार्टीलाई सहयोग गर्ने र नेपाली कांग्रेसभित्र असन्तुष्ट नेता, कार्यकर्ताले एमाले उम्मेदवार महेश बस्नेतलाई सहयोग गर्ने देखिन्छ ।

त्यसैगरी प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने गठबन्धनभित्रका एमाले उम्मेदवारलाई नै भोट दिन्छन् कि अन्य उम्मेदवारलाई सहयोग गर्छन् त्यो भने अहिलेसम्म एकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *