पाँच वर्ष सम्म निद्रामाः अहिले जनताको आँखामा छारो

समाचार

पाँच वर्ष सम्म कुम्भकर्ण जसरी निदाएका रसुवाका सांसद मोहन आचार्य अहिले विउझिएका छन् । आज भन्दा पाँच बर्ष अगाडी अर्थात २०७४ माघ २७ गते आचार्यले सामाजिक संजाल देखि विभिन्न अनलाइनपोटलहरुमा एउटा झ्याली पिटे सडक खन्न १ करोड ७० लाखका स्काभेटर र डोजर दिए भन्ने समाचारले । तर, त्यो सामाजिक संजालमा मात्र सिमित रह्यो ।

रसुवाका सांसद मोहन आचार्यले सडक खन्न १ करोड ७० लाखका स्काभेटर र डोजर दिए

निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताअनुसार रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नै लगानीमा जिल्लाको सडक निर्माण कार्यलाई अगाडी बढाएका थिए । समृद्ध रसुवा निर्माणको मुद्धा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक सञ्जालले नछोएका गाउँटोलमा बाटो पुर्याउन व्यक्तिगत लगानीमा १ करोड ७० लाख रुपैयाँका स्काभेटर र डोजर उपलव्ध गराएर सडक पुर्याउने कार्यको शुरुवात गरेँ भन्दै जनतामाझ आखाँमा छारो हालेका थिए । अहिले फेरी सोहि कुरा चुनावी एजेन्डा बनाउँदै फेरी झुटको खेती गर्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *