काग्रेस जस्तो राजधानीमा हराउने होइन: तामाङ

राजनीति

नेकपा (एमाले) पार्टीका केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा रसुवाका संघीय उम्मेदवार  छोवाङ तेन्जेन तामाङले काग्रेस जस्तो राजधानीमा हराउने होइन बताएका छन् ।

रसुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नेकपा एमाले चुनाव जिते वा हारे पनि रसुवामा नै रहन्छौ तर, काग्रेसहरु पाँच बर्ष सम्म राजधानीमा नै पलाएन हुने बताएका हुन् । २०७० मा जनताले संविधान सभा सदस्य भएपछि जनताकै चाहनाअनुरुप यस क्षेत्रको निम्ति ज्येष्ठ नागरिकदेखि, विभिन्न जाति, पिछडा वर्ग, अपङ्गता भएको व्यक्ति, महिला, सिमान्तकृत समुदाय, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा पर्यटनलगायत क्षेत्रमा काम गरेको भन्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको हुँदा भोलिवादमा विश्वास नगर्ने बताए।

आफूले जनताले देखिने गरि चुस्त दुरुस्त ढंगबाट काम गर्न पहल गर्ने उनको भनाइ छ। यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवज ठुलो हुदो रहेछ, प्रचारप्रसार गरेर सानो कामलाई पनि ठुलो काम गरेको भन्नेको भिड छ। मलाई अचम्म लाग्छ, मैले गत ५ वर्षमा निकै काम गरेँ। तर, प्रचारप्रसारमा ध्यान दिइँन, यो मेरो कमजोरी रह्यो,’ तामाङ भन्छन्, ‘मैले यसअघिको कार्यकालमा गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन। त्यो सबैले देख्नुभएको छ।’

प्रदेश सभा क्षेत्र ख का उम्मेदवार तेम्ब्रेल तामाङले आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउन सबैमा अनुरोध गरे । उनले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने बताए। उनले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण तथा पर्यटनलगायत क्षेत्रमा समस्यालगायतका क्षेत्रमा मुख्य रुपमा यो पटक काम गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *