एमालेले घोषणापत्र याक एण्ड यति होटलबाट सार्वजनिक गर्ने

राजनीति समाचार

काठमाण्डौं । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सत्ता गठवन्धनका प्रया सवै दलले घोषणापत्र सार्वजनिक गरेपछि उसले पनि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेले आज याक एण्ड यति होटलबाट घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणा पत्र अध्यक्ष केपी ओलीले सार्वजनिक गर्नेछन ।

उनले साढे एक बजे सार्वजनिक गर्न लागेको घोषणापत्र सुविधा सम्पन्न र महंगो होटलबाट गर्न लागेपछि भने यसको आलोचना हुन थालेको छ । गत चुनावमा चुच्चे रेल देखि पानी जहाजसम्मको आश्वासन वाडेको एमालेले यसपटक के भन्नेछ भनेर मानिसहरु प्रतिक्षारत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *