डा. तोसिमाको रिटमाथि आज सुनुवाई हुँदै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

निर्वाचन आयोगले उनी नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र यो लाभको पद भएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगको यो कदमविरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् । त्यही रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

डा तोसिमाले आफूमाथि आयोगले गरेको यो निर्णय शंकास्पद भएको बताउँदै आएकी छिन् । उनले लाभको पद भएकाले पाटन अस्पतालबाट राजीनामा दिएको तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको बताउँदै आएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *