उपेन्द्रलाई निल्नु न ओकल्नु

समाचार

काठमाडौं । सत्ता गठबन्धनमा कुरा मिलेकै थियो, जसपा र माओवादीका मुद्दा मिलेकै थिए । तर सत्ता गठबन्धनले १७ जना संघीय संसदमा र प्रदेशमा त्यही मुताविक उम्मेद्वार दिलाउने कुरा गरेकै थियो । मधेसविरोधी, संघीयता विरोधीका रुपमा उपेन्द्र यादवले एमालेका अधयक्ष केपी ओलीलाई आरोपव लगाउँथे । यादव ओलीकै नेतृत्वको सरकारमा पनि गए । तर राजनीतिक एजेण्डातर्फ ध्यान गएन । ओलीले नै उपेन्द्रलाई अपमान गरेका थिए । तर टिकट भागवण्डा लगाउँदै जाँदा उपेन्द्रलाई प्रदेश २ का १६ सिट, काठमाडौं ७, सुनसरी २ जस्ता क्षेत्र गबन्धनले छाड्न तयार थियो । तर उपेन्द्र एमालेको मोहनीमा लोभिए ।
प्रदेश २ मा एमालेले १७ सिट दिने भन्यो । प्रदेश सभामा ४२ सिट पनि दिने भयो, तर व्यवहारमा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठसम्मलाई समेत छाडेन । त्यहाँ एमालेकै उम्मेद्वार छन् । सत्ता पक्ष भन्दा एमाले उपेन्द्रका लागि घातक थियो । लोसपासँग जसपाको भिडन्त हो । यी पार्टीहरु नेकपा टुक्रेझैं टुक्रेका हुन् । निहुँ भनेको सत्ता नै हो । उपेन्द्रले सत्ता छाडेपछि एमालेसँग लोसपा ३ मन्त्री लिएर सत्तामा गएको थियो । कानूनी रुपमा संसद भंग गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाइने अवस्थाले उनीहरु १९ दिनमै सरकारबाट हटेका हुन् । अहिले लोसपा सत्तासँग छ । उपेन्द्र भने एमालेको जालमा फसेका छन् ।
एमालेले जसपाका उम्मेद्वार भएका ठाउँमा उठेका आफ्ना उम्मेद्वारहरुलाई हटाएको छैन । मधेसको एजेण्डामा राजनीति गर्ने उपेन्द्र मधेसबाटै एकाएक एक्लिँदै छन् । पार्टीको नेतृत्व प्रदेश सरकारले पनि आफ्नो कार्यकालमा विकासमा ध्यान दिन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *