कम्युनिष्टहरु छिन्नभिन्न

समाचार

काठमाडौं । परिवर्तित राजनीतिलाई देश र जनताको पक्षमा प्रयोग गर्न नसकेको कम्युनिष्ट शक्तिप्रति जनताको मोह नै भंग भएको छ । नेकपाको सत्ताकालको ४१ महिने गुटगत लुटबाट कम्युनिष्टको पहिचान गुमेको हो । जनताका लागि देशभक्ति प्रगतिशील जनपक्षीय काम दिन नसकेको ४१ महिने नेकपाको कार्यकालमा आफ्ना आलोचक माथि खनिनु मै व्यस्त रहे । अहिले त्यो जमात वामपन्थी भन्दा प्रतिगामी तत्व बोकेर बहुमत माग्दै चुनाव प्रचारमा गएको छ ।
राप्रपा जस्तो अवसरवादी पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा उदाएका एमालेका केपी ओली लागेका छन् । नेकपाको सरकारको पालामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत निष्पक्ष रहन सक्नुभएन । राजाको ठाउँमा राष्ट्रपति ल्याइए पनि दलहरु भित्र धेरै राजा जन्मेका छन् । पार्टीलाई सामुहिकतामा संचालन गर्नुको सट्टा एक व्यक्ति एक निर्णय गरेर चलाउने काम कांग्रेसमा हुनु सामान्य भएपनि अहिले नेकपाका दुई घटक माओवादी र एमाले माझ भएन । नेतृत्वको हैकमवादी शैलीको कारण पार्टीकै समथृक र शुभेच्छुकहरु निराश छन् । चुनावी लहर कांग्रेसको हुँदैन । तर जनमत भने वामपन्थी शक्तिको ठूलो हुन्छ । सपना ठूलो देखायो, सत्तामा पुग्यो । समृद्धिको नारा विकासको हल्ला चलाएर नेपालका असफल नेताहरु जनता ढाँट्न आतुर छन् । जनताले पचाउन नसक्ने र कार्यान्वयनमा पक्षपातपूर्ण प्रधानमन्त्री रोजगार कार्यक्रममा एमालेको तत्कालीन सरकारले सकेन । वाम गठबन्धनबाट सरकार बनाए पनि त्यो सरकार संयुक्त हो भन्ने कतै देखिएन । केवल केपी ओलीको लहडमा ४१ महिने सरकार त चल्यो । तर जनताका अगाडि कार्यकर्ताले सिट ठाडो पार्न पाएनन् ।
यसपटकको चुनावी प्रचारमा कुनै जोश र जागर छैन । पहिलाका बद्नाम पात्रहरु २÷४ जना झुण्ड लिएर हिँडे पनि उनीहरुको विरुद्ध सामाजिक सञ्जाल खनिएका छन् । निर्वाचन आयोगसमेत निष्पक्ष छैन । एमालेबाट विभाजित एकीकृत समाजवादीका अध्यक्ष्ँले आफ्नो पार्टीको पहलमा फ्री भिसा फ्री टिकटमा विदेशमा रोजगारमा जान पाइने बताउँदा आचारसंहिता विपरीत भयो भन्ने निर्वाचन आयोग एमालेका अध्यक्ष केपी ओलीले वृद्ध भत्ता ५ हजार पु¥याइन्छ भन्दै जनतालाई बताउँदा आचारसंहिता तोडिएको मान्दैन । जबकि फ्री भिसा, फ्री टिकट अहिले नै कार्यान्वयनमा छ । सरकारको अनुगमन नहुँदा म्यानपावरहरुले ठगिरहेका छन् । सामाजिक सुरक्षा भत्ता राज्यस्रोतको ख्याल नगरी घोषणा गर्ने र जनतालाई प्रभाव पार्ने प्रतिस्पर्धा चलेको छ । यो गलत पक्ष हो, स्रोत बिनाको घोषणाको अर्थ छैन ।
जनताको भावनामाथि कुठाराघात गर्ने, गुटको स्वार्थको लागि पार्टी फुटाउने समकक्षी नेताको अपमान गर्ने सम्मका काम नेकपा एमालेका अध्यक्ष केपी ओली, प्रचण्ड, धावन नेपालले गरेका छन् । वामपन्थी गठबन्धनकै सरकारलाई वामन्पथीको हो भन्ने अंश राखेको भए थामसेक, हुकाम, बतास र ओम्नी समूहसँगै दुगड र अग्रवालजस्ता राजस्वमारा समूहसँम्ग एमालेका नेता जोडिने थिएनन् । भाषणको समृद्धि र विकासले काम गर्ने भए गाली गरेकै आधारमा चुनाव जित्ने आधार बन्थ्यो । तर अहिले बोल्ने र भन्ने ठाउँ छैन । दलहरु असफल भएका छन् । नेताको घमण्ड र गुट प्रेमले यस्तो अवस्था आएको छ । गल्ती महसुस नगर्ने नेतृत्वका कारण चुनावी लहर नआएको हो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *