सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने

समाचार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारणसभाले ९ प्रतिशत लाभांश पारित गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को वितरणयोग्य मुनाफाबाट १४ अर्ब २ करोड ९७ लाख ४ हजार ६ रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै सिटिजन्स बंैक आ.व. २०७८÷७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।
साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन÷एफ÷आर÷एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८÷७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पनि छलफल गरी स्वीकृत भएको छ ।
साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ः४८.९३ बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *