सरकार मुख्यसचिवको खोजीमा, अर्याल निर्वाचन आयोग ताक्दै

राजनीति समाचार

काठमाडौं । विचौलिया दीपक भट्टको स्वार्थ अनुसार कम र चन्द्र ढकालको स्वार्थ अनुसार चल्दै आएका छन्,मुख्य सचिव एकनारायण अर्याल । जस्तो नेपाल स्टक एक्सचेञ्जमा चन्द्र ढकालको गोजीको पात्रलाई लैजाने काम उनै अर्यालले गरे पछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको दूरी अझैं बढ्न पुगेको छ । नेप्सेमा नियुक्तिका लागि विचौलिया दीपक भट्टकै इशारामा छानबिन समिति नै बनेको थियो ।

सोही इशारा अनुसार बनेको छानबिन समितिले गरेको सिफारिस अनुसार नारद लुईटेललाई अध्यक्षमा नियुक्ति गरिएको खबर बाहिरिएको थियो तर रातारात चन्द्र ढकालले खेलेर उक्त निर्णय नै मुख्य सचिव अर्यालबाट प्रमाणीकरण नगरिएको र क्याविनेटको निर्णय प्रमाणीकरणको क्रममा कलम घुमाएर चन्द्र ढकालको इशारा अनुसार चुडामणि चापागाईलाई नियुक्ति गरिएको भेटिएसँगै प्रधानमन्त्री र मुख्य सचिवको दुरी झनै बढेको स्रोतको भनाई छ । स्रोतका अनुसार,व्यापारी ढकालले मुख्यसचिवका आफन्तलाई लण्डनमा ब्यापारीक रुपमा सहयोग गर्दै आएका छन् ।

सोही सहयोगको गुन तिर्नका लागि उनले चन्द्र ढकालले भनेझैं उनकै गोजीको पात्रलाई नेप्सेमा पु¥याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जनाएको छ । यसरी क्याविनेटबाट भइसकेको निर्णयलाई घुमाएर चन्द्र ढकालको योजनामा उनले भने अनुसार कलम घुमाउने काममा मुख्य सचिव प्रयोग भएको भेटिएको छ । उच्च स्रोतका अनुसार चन्द्र ढकालको पकेटमा पात्रलाई नियुक्ति दिनु अघि होटलमा बसेको चन्द्र ढकाल, मुख्यसचिव एकनारायण अर्याल र शोभाकान्त पौडेलहरु बैंठकमा बसेका थिए । सोही बैठकको योजना अनुसार मुख्यसचिवले क्याविनेटबाट भइसकेको निर्णयलाई समेत प्रमाणीकरणमा ढिलाई गरेर व्यापारीको स्वार्थ अनुसार नियामक निकायमा नियुक्ति दिलाएको भेटिएको छ ।

उता आफ्नो सालीका लागि विज्ञापन समेत नखुलाई सरकारी नियुक्ति दिलाउन सफल उनै मुख्य सचिव अर्यालले स्थानीय तहमा नियुक्ति खाएका कर्मचारीहरुलाई एक स्थानीय तहबाट अर्काे स्थानीय तह,एक प्रदेशबाट अर्काे प्रदेशमा सरुवा हुन नमिल्ने अभिव्यक्ति राखेपछि उनीविरुद्ध कर्मचारी फायर भएपछि बचाउमा रघुजी पन्त नै उफ्रिनु परेको छ । संघीय संसदको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको गत शुक्रवारको बैठकमा पुगेका मुख्य सचिव अर्यालले स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवा दिन नसकिने अभिव्यक्ति राखेका थिए ।

तल्ला तहका कर्मचारीको अहित हुने गरी बोलेका उनै अर्यालले अवकाश लगतै निजामती कर्मचारीहरुले तात्तातै संवैद्यानिक निकाय र राजदूतमा नियुक्ति खान पाउनु पर्ने र रोक्नु नहुने अभिव्यक्ति राखेपछि समिति सभापति रामहरि खतिवडाले समेत मुख्य सचिवलाई राम्रै पाठ पढाएका थिए,बैठकमै । यसरी कुलिङ्ग पिरियडको विपक्षमा एकनारायण उभिनुको पछाडिको कारण निर्वाचन आयोग र अख्तियार हो भन्छन्,एकनारायणकै सहकर्मी सचिवहरु । कारण कर्मचारी समायोजन गर्दाको रकम बुझाएर तात्तातै नियुक्ति भेटाएका थिए दिनेश थपलियाले ।

उनी यही वैशाख ६ गते ६ वर्षे कार्यकाल पूरा गरेर घर फर्किएका छन् । सोही स्थानमा नियुक्ति खाने गरी एकनारायणले दौडधूप तिव्र पारिरहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ । संबैधानिक आयोगमा नियुक्तिका लागि परिषद्को बैठक बैठक बस्नु पर्ने हुन्छ । परिषदमा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, बिपक्षी दलको नेता र उपसभामुख रहन्छन् ।अहिलेको अवस्थामा सरकारका पक्षमा प्रधानमन्त्री ,सभामुख र प्रधानन्यायाधीश देखिन्छन् जुन बहुमत पनि होइन । त्यसैले संबैधानिक अंगको नियुक्ति गर्दा भागबण्डाका आधारमा गर्ने र एमाले निकटका स्याङ्गजाली एकनारायण अर्याललाई निर्वाचन आयोगमा पठाएर आफू अनुकुलको मुख्य सचिव ल्याउने तयारीमा प्रधानमन्त्री ओली रहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *