अनावश्यक खर्च कटौती गर्नका लागि मातहतका निकायलाई निर्देशन

राजनीति समाचार

काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा यी निर्णयहरू गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयले यी निर्णय कार्यान्वयन गर्न नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

खर्च मितव्ययितामा कायम गर्न सरकारले भत्तामा व्यापक कटौती गरेको छ । भत्ता सम्बन्धमा गरिएको नयाँ व्यवस्थामा उल्लेख गरिएको छ । सरकारले परामर्श सेवाका नाममा भइरहेका खर्च कटौती गर्न पनि कडा व्यवस्था गरेको छ । बिजुली कम खर्च गर्नेदेखि छरितो र सस्तो ढंगले सरकारी कार्यालय सञ्चालन गर्न भनेको छ ।

त्यस्तै, सरकारले पुराना सामानहरू पनि चलाउन प्रोत्साहन गर्ने र काम नलाग्ने सामग्री तत्काल व्यवस्था गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *