काठमाडौं । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ ।
आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै बिहीबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ । यस निलम्बनले अमेरिकाको विश्वकपको सहभागिता र अन्य प्रतियोगितामा कुनै असर नगर्ने आइसीसीले जनाएको छ । आइसीसीको जुलाईमा भएको आफ्नो वार्षिक साधारण सभाले अमेरिकी संघलाई ‘स्वतन्त्र र निष्पक्ष चुनाव’ गर्न र संघमा सुधार गर्न तीन महिनाको समय दिएको दुई महिनाभन्दा बढी समय नबित्दै यो निलम्बन आएको हो ।
