शिक्षक सेवा आयोगले मंसिरबाट विज्ञापनको गर्ने

राजनीति समाचार

काठमाडौं । शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मंसिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण समस्या पैदा भएको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम–८ मा असोज मसान्तभित्र तथ्यांक प्राप्त गरी मंसिरमा विज्ञापन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिँदै भन्नुभयो– ‘आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुसार केन्द्रले विज्ञापन दिएमा प्रक्रिया अघि बढाउन सहज हुने थियो ।’

सूचना अधिकारी मरहठ्ठाका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पूरा हुन नसकेका दरबन्दीअनुसार विज्ञापन गर्ने तयारी थालेकोे छ । उहाँले भन्नुभयो– ‘केन्द्रले रिक्त शिक्षकको दरबन्दी विवरण पठाउन साथ विज्ञापन गर्ने तयारी थालेका छौं ।’

विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुनः तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *