प्रधानमन्त्रीकै निम्ति मरिहत्ते गर्ने म होइन : प्रचण्ड

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरी प्रधानमन्त्री बन्नसक्ने संकेत गरेका छन् ।

गोरखामा पत्रकारसँगको कुराकानीमा अध्यक्ष दाहालले देशको नेतृत्व गर्ने अवसर आए जिम्मेवारीबाट नपन्छिने बताएका हुन् । ‘मैले त्यस्तो घोषणा कहीं पनि गरेको छैन, साथीहरुले सम्भावित प्रधानमन्त्री पनि हो उनी भनेका छन्। संभावित त म होइन किन भन्ने र ?’ उनले भने ।

उनले भने,‘देशको नेतृत्व गर्ने अवसर आयो भने त्यो अवसर र जिम्मेवारीबाट पन्छने पनि मेरो कुरा छैन, यो भाषामा भनिरहेको छु । प्रधानमन्त्रीकै निम्ति मरिहत्ते हाल्नेमा म होइन, त्यो कुरा पटक–पटक सिद्ध गरेको छु ।’

गठबन्धनभित्र प्रधानमन्त्रीको विषयमा ठोस छलफल भने नभएको अध्यक्ष दाहालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *