नक्कली कसेले छुट्ट्याउने ?

समाचार

काठमाडौं । अधिकांश नेपालीले सुन र हिराको जोहो गर्दछन् । उनीहरुले किनेका सुन सक्कली हुन् अथवा नक्कली कसेले छुट्ट्याउने ? अहिले उपत्यकाभित्रका बजारदेखि विभिन्न जिल्ला र प्रदेशमा च्याउसरी खोलिएका गहना पसलेहरुले विक्री गर्ने सुन चाँदीमा मिसावट बिक्रीवितरण गर्ने गरिरहेका छन् । कतिपय नेपालीले चाडवाडलाई लक्षित गर्दै सुन किन्ने गर्दै आएका छन् । विवाह, वर्तमानजस्ता शुभकार्यमा सुन नभइनहुने भनिन्छ । तर, अधिकांश नेपालीको घरमा नक्कली सुनहरु भित्रिने गर्दै आएका छन् । कपितय सुनमा तामा मिसाएर विक्रीवितरण गरिनछ । सुन बनाउँदा तामा र चाँदी मिसाएर विक्रीवितरण गर्दै आएका छन् । यस्ता सुन व्यापारीहरुलाई कुनै पनि निकायले छानविन गरी कारबाहीको चायरामा ल्याउन सकेका छैनन् । कतिपय सुनव्यापारीहरुले त जर्तीका नाममा तामा, चाँदी मिसाएर नयाँ बनाउने र २४ क्यारेटको भनी विक्रीवितरण गर्दै आएका छन् । २४ क्यारेटको भनिएको सुनमा व्यापक रुपमा मिसावट गरिने गरेको पाइन्छ ।
यसैगरी कपियत सुन व्यापारीहरुले पुराना गरगहना, झुर्का भइसकेका सुन किनेर गालेर २४ क्यारेटकै भनी विक्री गर्ने गरेको पाइन्छ । १८, २२ क्यारेटका सुनलाई २४ क्यारेटको भनी विक्री गर्ने पसलहरु थुप्रै पाइन्छ । पछिल्लो समय चोकैपिच्छे खोजिएका साउने च्याउसरीका सुनपसलहरुमा यस्ता पुराना, टुक्राटुक्री, झूर्काझुर्की सुन सार्वसाधारणसँग किनी गालेर किनेर २४ क्यारेटको भनेर विक्रीवितरण गर्ने गिरिन्छ । तर, कतिपय सुन पसलेहरबाट सर्वसाधारणले सक्कली भनेर किनेको सुन नक्कली भएको गुनासो समेत गर्नेगरेका उदाहरणहरु थुप्रै भेटिन्छन् । तर, सुन पसलेहरुले सबैखाले सुन विक्रीवितरणमा राखे तापनि कितपय उपभोक्ताहरुलाई सुन विक्री गर्दा सक्कली भनी बेच्ने गरेका छन् । त्यहीं सुन उपभोक्ताले उपभोक्ताले त्यहीं सुन किनेको पसलमा विक्री गर्न जाँदा विल खोज्छन् । कतिपय उपभोक्ताले बिल हराएको कारणले गर्दा आफूले भनेअनुसारको मूल्य पाउँदैनन् । सुन व्यापारीले भने यो सुन त नक्कलीजस्तो छ । तपाईंसँग बिल छैन रसाइन काट्नुपर्छ भन्दै सक्कली सुन पनि कमजोर भनी सस्तोमा किन्ने गरेका छन् । यस्तै सुन पसलेहरुले चोरी तस्करीका सुन सस्तोमा किनेर महंगोमा बेच्ने गरेका थुप्रै उदाहरणहरु छन् । सोरीका सुन सस्तोमा पाँदा जति पनि किन्छन् । तर, आफ्नै पसलबाट बनाएर लगेको बिल हराएका सक्कली सुनलाई पनि नसक्कली भनी उपभोक्ता गग्ने काम गरेका छन् । अर्कातिर अहिलेसम्म राज्यपक्षले हिरा, सुन, चाँदीजस्ता महंगो धातुको गुणस्तर पहिचान गर्ने सम्बन्धमा कुनै चासो देखाएको देखिँदैन । गुणस्तर नामजाँच गरिहाले पनि पहिले नै व्यापारीलाई थाहा दिएर हामी आउँदै छौं भन्दै कमिसनको खेलोमेमलो गर्ने गरेको पाइन्छ । त्यसैले यस्ता महंगा धातुमा सर्वसाधारण धेरै ठगिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *