रसुवाको विकासका लागि यो पटक मैले जित्नैपर्नेछ

समाचार

ई. मोहन आचार्य
केन्द्रिय सदस्य नेपाली काग्रेस तथा
उमेदवार प्रतिनिधि सभा रसुवा
रसुवाको विकासका लागि यो पटक मैले जित्नैपर्नेछ । सत्तारूढ गठबन्धनका तर्फबाट मेरो उम्मेदवारी रहेको छ । यस पटक गठबन्धनको सरकार बन्ने छ । चुनाव जितेमा रसुवाको विकास र समृद्धिमा ठूलो बजेट भित्रयाउने मेरो लक्ष्य छ । रसुवाको गौरवको आोजना नौकुण्ड खानेपानी आयोजना सम्पन्न गर्न, जिल्लाको समग्र विकास तथा पूर्वाधार निर्माणको लागि विषय विशेषज्ञहरु, जनप्रतिनिधिहरु र जनताको सहभागितामा गुरुयोजना तयार गरी पूर्वाधार सडक, खानेपानी, पुल, सिंचाई, गाउँपालिका तथा वडापालिका, विद्यालय भवन निर्माण लगायतका कामहरु सम्पन्न गर्न त्यस्तै जिल्लाको सबै वडामा बन्दै गएको सडकहरुको स्तरोन्नती, भूमि आयोग मार्फत भूमिहीन जनतालाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन, रसुवाको प्रत्येक घरमा कम्तीमा एक रोजगार र अरु स्वरोजगारको व्यवस्था मिलाउन, सरकारी अनुदानलाई बास्तविक किसानमा पुर्याई कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गरी बजारको व्यवस्था मिलाउन, जडीबुटी खेतीको अनुसन्धान गरि व्यावसायिक उत्पादन सुरु गर्न, जिल्लामा निर्माण हुने जलविद्युत र अन्य उद्योगहरूको समेत १० प्रतिशत शेयरको व्यवस्था मिलाउँदै यस्ता प्रकारको शेयर गाउँपालिका, शिक्षण संस्था, स्वास्थ्य तथा वृद्धाश्रमहरु जस्ता सामाजिक संस्थाहरुले पनि लिएर आत्मनिर्भर हुनको लागी, जिल्लामा रहेका गोसाइँकुण्ड, लाङटाङ, गणेश हिमाल, तामाङ बस्ती लगायतका विविध प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यटन उद्योगलाई व्यवस्थित र विस्तार गर्न, रसुवा – केरुङ (चीन) नाकालाई व्यवस्थित बनाउँदै अन्तर्राष्टिय व्यापारमा रसुवाको जनशक्तिलाई जोडी रोजगार र स्वरोजगारको सृजना गर्न र शिक्षालाई राज्यको दायित्व भित्र पारी निःशुल्क, अनिवार्य, व्यवारीक र प्रतिस्पर्धी बनाउन यस पटक मैले चुनाव जित्नै पर्दछ । मैले पाँच बर्षको अन्तरालमा भूकम्पको समयमा व्यक्तिगत रुपमा रसुवाको हरेक टोलटोलमा राहत सामाग्री वितरण गर्नुका साथै रसुवाको हरेक टोलटोलमा व्यक्तिगत रुपमा मठमन्दिर , गुम्बा निर्माणमा सहयोग गरेँ । यस्तै, सडक बाटो अवरुद्ध हुदा आफ्नो ब्यक्तिगत रुपमा सहयोग गरि बाटो खुलाउन सफल मैले कोरनाको समयमा ब्यक्तिगतरुपमा राहत वितरण, कोरना समयमा काम गर्ने कर्मचारीको स्वास्थ्य विमा, रसुवाका हस्पिटलमा आफ्नो व्यक्तिगत रुपमा स्वास्थ सामग्री र स्वास्थ्य उपकरण सहयोग साथै सबैलाई पायक हुने त्रिशुली अस्पतालमा समेत स्वास्थ्य सामाग्री सहयोग गरेको थिएँ । रसुवाको हरेक गाउँ टोलमा सडक बाटो पु¥याउन सफल भए । मैले वर्षौ समय देखि सपनामा सिमित नौकुण्ड खानेपानीको पक्रिया प्रारम्भ, काठमाडौमा गम्भीर रोग लागेका रसुवाको जनताको उपचारको निम्ति सहयोग गरिरहेको छु । यस्तै, हरेक टोलमा खेलमैदानमा सहयोग, विद्यालयमा व्यक्तिगत रुपमा शैक्षिक समाग्री सहयोग, केन्द्रीय राजनितीमा पछि परेको रसुवालाई उपस्थित गराउन काँग्रेसको केन्द्रीय सदस्य बन्न सफल भएँ ।यसैगरी, बाढि पहिरो , दुघर्टना हुँदा उद्धारकार्यमा हरेक पल सक्रियता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *