थापालाई एमाले कार्यकर्ताले नबोक्ने

समाचार

काठमाडौं । सरकारी गठबन्धनविरुद्ध पूर्वपंच र एमालेको गठबन्धनले चुनावी रौनक चलाउन सकेको छैन । वामपन्थीलाई फुटाएर भारतीय प्रभु रिझाएका केपी ओलीको चिन्ता वामपन्थी भन्दा उपेन्द्र यादव, राजेन्द्र लिङदेन, कमल थापा, दीपक बोहोरासम्मलाई निर्वाचन जिताउनुमा छ । ओलीले बाँके २ का धवल शमशेरको चिन्ता गरेनन् । जबरा पहिला एमालेकै सहयोगमा नेपालगंज नगरपालिकाको मेयर पनि भएकै हुन् । कांग्रेससँग भिड्दा एमालेले राप्रपाकै साथ लिएर पहिला स्थानीय तहमा जित हासिल गरेको थियो ।
राष्ट्रियताको मुद्दा उठाउँदा एमालेले कमल थापाजस्ता व्यक्ति बोक्नु गलत थियो । भोलि सरकार बन्दा पनि हामीले राप्रपा र जसपालाई साथमा लिन्छौं भन्नु गलत हो । जनताले केपी ओलीको शासन पनि हेरेकै हुन् । जनता भोकै बस्नु पर्दैन भन्दै गर्दा कोरोना संक्रमणका समयमा खान नपाएर कीर्तिपुरमा भरियाको निधन भएकै थियो । स्थानीय निकायमा पार्टीका मेयरले राम्रो गर्थे भने बालेन साह काठमाडौंको मेयरमा जित्ने थिएनन् ।
फोहोरमा मोहर भाषणमा देखिन्छ तर व्यवहारमा छैन । त्यसैकारण एमालेले पोखरा, काठमाडौं महानगर र धरान उपमहानगरमा हार बेहोर्नु परेको बताइन्छ । गठबन्धन बिनाको एमाले हुने थियो भने जनताले यसपटक सरकारलाई भन्दा केही मात्रामा साथ दिन सक्थे । तर एमालेले राप्रपा बोक्यो, त्यो पनि शाही कालमा दमनकारी कमल थापालाई बोक्नु नै गलत भएको बताइन्छ । मकवानपुर १ मा कृष्ण ढकाललाई टिकट दिएको भए पनि एमालेले राप्रपाका दिपक सिंहलाई पराजित गर्ने अवस्था थियो । गठबन्धनबाट कमललाई भन्दा सिंहलाई रोजियो भने नौलो हुँदैन । तर राप्रपाले मकवानपुरमा एमालेसँग गठबन्धन गरेको छैन । कमललाई जिताउन एमाले क्रियाशील नहुने मकवानपुरमा व्यापक चर्चा चल्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *