सप्तरी २ मा जनमत पार्टिका महेशकुमार यादब विजयी

राजनीति समाचार

मधेस प्रदेशमा जनमतले विजयीको अर्को खाता खोलेको छ । सप्तरी प्रदेशसभा २ ९२० बाट जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् ।

यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुन् । उनी ०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग पराजित भएका थिए । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

जनमत पार्टीबाट विजयी भएका यादव पूर्वमाओवादी नेता हुन् । उनी निर्वाचन भन्दा केही समय अघि मात्र जनमतमा आएका थिए ।

सप्तरी प्रदेशसभा क्षेत्र २ ९१० मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंहले जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *