कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

राेजगार समाचार

काठमाडौं । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १७ हजार ७४९ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९८७४ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन्। उक्त निर्वाचन क्षेत्रमा एक लाख सात हजार ६५९ मतदाता रहेकोमा प्रतिनिधि सभा सदस्यका लागि ६३ हजार ७४० मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *