ananta gurung

मंसिर ४ गतेको चुनाव र परिवर्तन

समाचार

नेपाली जनताले शान्तिपूर्ण राजनीतिक परिवर्तनको लागि यहि मंसिर ४ गते २०७९ सालको चुनावलाई उपयोग गर्ने सोच बनाएका छन्् । नेपाली जनताको सामु चुनाव गर्ने विकल्पहरु सीमित भएपनि दलका अहंकारी नेताहरुलाई सही बाटो देखाउनको लागि यो पनि काफी हुने ठानेका छन्् । मंसिर ४ गते संघका १६५ सांसदहरु सिधै नेपाली जनताको मतदानवाट चुनिनेछन् । त्यसैगरी संधका ११० समानुपातिक तर्फका सांसदहरु दलहरुलाई नेपाली जनताले हालेको मतको आधारमा र दलहरुले निर्वाचन आयोगमा पहिले नै पेश गरेका सूचि अनुसार चुनिने छन् । त्यसैगरी ७ प्रदेशका ५५० सांसदहरु पनि चुनिनेछन्् ।
नेपाली जनताले ४ प्रकारका मतपत्रहरु पाउने छन् र त्यसैमा स्वस्तिक चिन्हको ठप्पा लगाएर आफ्नो अमुल्य मतको जाहेर गर्नुपर्ने हुन्छ । पहिलो मतपत्र संघतर्फका प्रत्येक्षरुपमा चुनिने सांसदहरुको लागि हुनेछ, दोस्रो मतपत्र समानुपातिक विधिबाट चुनिने सांसदहरुको लागि हुनेछ भने त्यसमा दलका चुनाव चिन्हहरुमा ठप्पा लगाएर नेपाली जनताले आफ्नो मत जाहेर गर्नुपर्ने हुन्छ । समान चुनावी प्रकृया ७ प्रदेशहरुको कुल ५५० सांसदहरुको लागि नेपाली जनताले दोहर्याउनु पर्नेछन् । यसप्रकार सित एक मतदाताले ४ पटक ठप्पा लगाएर आफ्नो मत जाहेर गर्न पाउने छन् । नेपालमा दलहरुले शासन सत्ता चलाएको ३३ बर्ष पुरा भईसक्यो । राजनीतिक व्यवस्था बदलिए पनि नेपाल र नेपाली जनताको अवस्था बदलिएको छैन तर दलका नेताहरु भने राष्ट्रकै धनीमानी बनेका छन् । नेपाली जनतालाई यहि कुरा हजम भएको छैन त्यसैले पुरानो राजनीतिक व्यवस्था राम्रो हो वा दलहरुले १७ हजार नेपाली जनताको बलीदान चढाएर ल्याएको राजनीतिक व्यवस्था राम्रो भनी तुलना गर्न थालेका छन्् । त्यसबाट नेपाली जनताले के पाएका छन्् भने पहिलेको राजतन्त्र र पञ्चायती राजनीतिक व्यवस्थाको अवस्था भन्दा पनि गएगुज्रेको अवस्थामा दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई पुर्याएका छन्् ।
पहिलेको नेपाल राष्ट्र स्वावलम्बी र आत्मनिर्भर थियो भने अहिलेको नेपाल परनिर्भर र स्वावलम्बी छैन । नेपाली जनताका पुर्खाले अनेकौ बलिदानी गरी अर्जेका स्वाभिमानलाई दलका नेताहरु सबैले मिलेर स्वाहा पारी सकेका छन्् । दलका नेताहरु र राजनीतिक कार्यकर्ताहरु घरजग्गाका दलाल बनेर नेपालको धार्मिक, साँस्कृतिक र सरकारी सम्पत्तिको रुपमा रहेका जग्गा जमिनहरु बेचेर खाएका छन् । नेपालको ढुंगामाटो, जल, जंगल केहि बाँकी नराखी सबै स्वदेशी र विदेशी दलालहरुको हातमा बेची खाएकाछन् । अहिले दलका नेताहरु र उहाँहरुका राजनीतिक कार्यकर्ताहरु वैदेशिक रोजगारीको नाममा मानव तस्करीमा लागेका छन् । नेपाली युवाहरु र युवतीहरुलाई सस्तोमा बिदेशीको हातमा बेची बिदेशीको बन्धुवा मजदुर बनाएका छन् । यस्ता पापी दलका नेताहरु थप पाँच बर्ष पाउनको लागि चुनावको बाहानामा भोट माग्दै अहिले नेपालको गाउँघरमा छिरेका छन् ।
नेपालको गाउँघर यति बेला दलका नेताहरु छिरेकाले आशान्त बनेका छन् । यस्ता चुनाव राजतन्त्र र पञ्चायती व्यवस्थामा पनि हुने गरेका थिए तर चुनाव जित्नेहरु सबै पुरानै अनुहारहरु मात्रै हुने गरेका थिए । त्यस्तै अहिले दलहरुले गराउने आम चुनावहरुबाट पनि संधै परानै अनुहार मात्रै चुनाव जितेर आउने हुँदा नेपालका जनताहरु चकित भएका छन् र यो पटकको चुनाव त्यस्तो नहोस भन्ने चाहान्छन् । दलहरुका स्थापित नेताहरुले कहिले मतपेटिका नै साट्ने कहिले बत्ती निभाएर मतपत्र च्यात्ने र चुनावको बुथ नै कव्जागरी एकछापे ठप्पा लगाउने गर्दै प्रत्येक पटक आफै मात्र चुनिएर आएकाले दलहरु प्रति नेपाली जनताको अविश्वास बढेको छ । दलहरुले धेरै पटक वाईसीएल र युथफोर्स परिचालन गरी नेपाली जनतालाई डराई धम्काई चुनावको बुथ नै कव्जागरी चुनावको नतिजा आफ्नो पक्षमा पार्ने गरेका छन् । दलका नेताहरुले सत्तामा बसेर भ्रष्टाचार र आर्थिक अपराध गरी जोडेका अकुत सम्पत्ति र पैसालाई नै चुनावमा उपयोग गरी चुनावको नतिजा संधै आफ्नै पक्षमा पार्दै आएका छन् । संधै उही नेताहरुको अनुहार हेर्दा हेर्दा नेपाली जनता वाक्क दिक्क भएका छन् । राजतन्त्र र पञ्चायत कालमा पनि नेपाली जनताले यस्तै अनुभव गरेका थिए । उही नेताहरुलाई नमरे सम्म संधै सत्तामा बसेको देखेर नेपाली जनताको चित्त कुडिएका छन् त्यसैले नेपालमा अब परिवर्तन होस र युवाहरुलाई राष्ट्रको नेतृत्व गर्ने अवसर प्राप्त होस भन्ने नेपाली जनताले चाहेका छन् । अहिले सानो संख्या युवाहरुले स्वतन्त्र उम्मेद्वारको भएर चुनावमा भाग लिएका छन् । उनीहरुको संख्या दलहरुको भन्दा कम छन् तर केहीले मात्र चुनाव जिते पनि नेपालको वर्तमान राजनीतिक अवस्थामा परिवार्तन लाउन काफी हुनेछन् । यो तर्कलाई काठमान्डौको मेयर बालेन साह र धरानको मेयर हर्क साम्पाङले प्रमाणित गरी सकेका छन् ।
सत्तामा पुगेर काम गरी देखाउने नेताहरु नेपाली जनतालाई चहिएको छ । बुढो पुरानो कुरौटे नेताहरुको भाषणहरु र ठटेउली सुन्दा सुन्दा नेपाली जनताको कान पाकी सकेका छन् । दलका बुढा पराना नेताहरुको अनुहार मेडियामा हेर्दा हेर्दा नेपाली जनताको आँखामा एलर्जी उत्पन्न भईसकेको छ । त्यस्ता दलका नेताहरुले नेपाली जनतालाई थप पाँच बर्ष देउ नेपालको अवस्था बदलेर देखाउँछौ भन्दा पत्याउने आधार नै छैन । ३३ बर्ष सम्म सत्तामा बसेर केही गर्न नसकेका दलका नेताहरुले पाँच बर्षमा राष्ट्रको अवस्था बदलेर देखाउँछौ भन्दा पत्याउने कसरी ? नेपाली जनताको अब दलहरु माथि रत्तिभर पनि विश्वास छैन । नेपाली जनताले भ्रष्टाचार र आर्थिक अपराध उन्मुलन भएको हेर्न चाहेका छन् जुन कुरा सुशासन र सदाचारिताले मात्रै पुरा हुन सक्छ । नेपालको राजनीतिक दलहरु र तिनका नेताहरुले अकुत सम्पत्ति कमाउने माध्यम नै भ्रष्टाचार र आर्थिक अपराध नै हो । त्यसैलाई उन्मुलन गरेमा दलका नेताहरुको उन्नतीको आधार नै सकिन्छ । नेपालको सन्दर्भमा दलहरु नै भ्रष्टाचार र आर्थिक अनियमतताको पार्यवाची शव्द बनीसकेका छन् । अहंकारी, धनको लोभी र अज्ञानी बुढो शीर्ष नेताहरुले नेतृत्व गरेका दलहरु नेपाल राष्ट्रको लागि बोझ बन्दै गएका छन् । दलहरुले बनाएको नेपालको संविधान २०७२ र सोअनुसार बनेका शासकिय स्वरुपले राष्ट्रको खर्च मात्रै बढाएर राष्ट्रको आम्दानी घटाएर मुलुकलाई आर्थिक संकटोन्मुख तुल्याएको छ । राष्ट्रका शासकिय स्वरुप दलका राजनीतिक कार्यकर्ताहरुलाई जागिर खुवाउने हिसाबले मात्रै बनाएका छन् ।
राष्ट्रको शासकिय स्वरुप बनाउदा न राष्ट्रको हितलाई हेरिएको छ न आय स्रोतलाई नै ध्यान दिएकोछ । यस्ता दलहरु सत्तामा बसीरहेमा राष्ट्रलाई लुट्ने मात्रै हुन । राष्ट्रको ढुंगामाटो, जमिन, जंगल , जल र जनशक्ति बिदेशी दलालहरुलाई बेच्दै आएका दलहरुले अन्तिममा राष्ट्रलाई नै बेच्ने तयारी गर्दैछन् । त्यसैले राष्ट्रलाई बिक्नबाट रक्षा गरी नेपाली जनताको भविष्य सुनिश्चित र सुरक्षित तुल्याउनको लागि नेपाली जनता जाग्नै पर्ने भएको छ । दलहरुको नेतृत्वमा नेपाललाई बिदेशीको ऋणमा नै डुबाएर समाप्त पार्नेछन् । बिदेशीको ऋण घटाउने वा राष्ट्रको औद्योगिकीकरण गरी आम्दानी बढाउने तिर दलहरुको प्रतिबद्धता वा संकल्प नै आएको छैन । सबै भन्दा राम्रो कुरा के भएको छ भने मंसिर ४ गतेको चुनावको कारण दलका शीर्ष नेताहरुका बिरुद्ध स्वतन्त्र उम्मेद्वारहरुले चुनौती दिएका छन् । दलहरुका अराजकताको बिरुद्ध जनजागरण बढेको हुँदा दलका शीर्ष नेताहरु अलोकप्रिय बन्दै गएका छन् ।
दलका नेताहरुले समयानुकुल हुने गरी आफुले नेतृत्व गरेको दलहरुमा युवा नेतृत्व ल्याउन सकेनन् । फलस्वरुप बुढो शीर्ष नेताहरुको साथ उहाँहरुले नेतृत्व गरेका दलहरु पनि बढो पुरानो बनेका छन् । दलहरुका भ्रष्टाचार र अबिकास बिरुद्ध नेपाली जनताले अनेक अभियानहरु चलाएका छन् जस मद्धे लौरो अभियान र नो नट एगेन अभियानहरु प्रमुख छन् । दलहरुलाई नेपाली जनताको जुन शक्तिले सत्तामा पुर्याएका थिए त्यही शक्तिलाई राम्रो सित सम्हाल्न नसक्दा दलहरु कै लागि घातक बन्दै गएको छ । नेपाली जनताका बिभिन्न अभियानले दलहरुलाई कमजोर बनाउँदै लगि अन्तिममा सत्ताच्युत तुल्याएर नै छाड्ने निश्चित भएको छ । पहिलो चरणमा एमाले, राप्रपा र स्वतन्त्रहरु सहितको सरकार मंसिर ४ गतेको चुनाव पछाडि बन्ने संभावना देखिन्छ । उक्त सरकार बनेको लगभग दुईबर्ष पछाडि राप्रपा कै नेतृत्वमा नेपाल सरकार बनाउँदै नेपाललाई फेरि हिन्दूराष्ट्र घोषणा गर्ने र राजतन्त्रलाई राष्ट्रको मुलधार राजनीतिमा ल्याउनको निमिक्त संविधान संसोधन गर्ने उचित व्यवस्था हुनेछन् ।
दलहरुको भ्रष्टाचार र अबिकासले नै दलका नेताहरुलाई कमजोर तुल्याएको बेलामा नेपाली जनताले दलका भ्रष्ट शीर्ष नेताहरुको बिरुद्ध थालेको अभियान सफल हुने र ठुलो राजनीतिक परिवर्तन ल्याउनेमा सबै अभियन्ताहरु निश्चिन्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *