डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाले दोस्रो संविधानसभा सदस्य डा। डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख अग्निप्रसाद सापकोटाको प्रस्तावमा शोक प्रस्ताव बहुमतले पारित गरेको हो ।

साथै बैठकले झाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेको छ । बैठकमा उनको निधनप्रति मौन धारण पनि गरिएको थियो ।

क्यान्सर रोगबाट पीडित झाको ४४ वर्षको उमेरमा उपचारका क्रममा १० वैशाख २०७९ मा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक १८ जेठ बुधबार बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *