सिटिजन्सको च्याटबट सेवा–सिटिजन्स साथीको सुरुवात

समाचार

काठमाडौं । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा –सिटिजन्स साथीको’ सुरुवात गरेको छ । यस सेवामार्फत ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवाद्वारा गर्न सक्नेछन् ।
ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न पाउने बैंकले जनाएको छ । यस सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *