काठमाडौंको सीतापाइलामा सानिमा

समाचार

काठमाडौं । सानिमा बैंकले काठमाडौंको सीतापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन शुक्रबार बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा बैंकका अध्यक्ष पौडेलले यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरू र १२२ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *