राजनीतिक दलहरु मतदाता र कार्यकर्ता ओसार्न व्यस्त

समाचार

 

काठमाडौं । संघ र प्रदेश निर्वाचन नजिकिदै गर्दाखेरी अधिकांश राजनीतिक दलका मन्त्री, सांसद, कार्यकर्ता निर्वाचनमा होमिएका छन् । अहिले विभिन्न राजनीतिक पार्टीले आफ्नो फेभरमा चुनाव जिताउनको लागि चुनावी माहोल बनाउन थालेका छन् । र, विभिन्न दलहरुले आ–आफ्ना कार्यकर्तालार्ई जिल्ला प्रदेश लान थालेका छन् । र, कतिपय राजनीतिक दलहरुले गाडी रिजाब गरेर कार्यकर्ता र भोटर्सहरुलाई गाउँगाउँ लान थालेका छन् । ती भोटर्सहरुलाई बाटोमा खानपिनको व्यवस्था समेत गर्न थालेका छन् । यसै सेरोफेरोमा त्यति मात्र नभएर अधिकांश राजनीतिक पार्टी सम्बन्धित संघसंगठनमा आबद्ध भएका व्यक्तिहरु समेत चुनावी माहोलमा होमिएका छन् । अहिले सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु पनि चुनावी माहोलमा होमिरहँदा यतिखेर सिंहदरबार भने सुनसान अवस्थामा रहेको छ । राजनीतिक दलका मन्त्री, सांसद नभएपछि कर्मचारी पनि आ–आफ्नो कार्यकक्षमा बस्ने गरेका छैनन् । बसेता पनि हाटा गरेर जाने गरेका छन् । अहिले चुनावको कारण अधिकांश विकासका कामहरु अलपत्र परेका छन् भने सेवाग्राही पनि कर्मचारीको अभावले सेवा लिन सकेका छैनन् । हुन त, तत तत् मन्त्रालयका मन्त्री नहुँदा कर्मचारी बस्ने कुरै भएन । मन्त्री नभएपनि कर्मचारी पनि आ–आफ्नो अफिसमा बस्ने गरेका छैनन् । कतिपय कर्मचारी राजनीतिक आस्थाको आधारमा चुनावमा होमिएका छन् । त्यसकारणले पनि अहिले सिंहदरबार सुनसान अवस्थामा रहेको हो । कतिपय कर्मचारी अफिसमा बसे तापनि मोबाइल अफ गरी आफ्नो कुर्सिमा नबसी अन्यत्र कोठामा बस्ने गरेका छन् । यस विषयमा तामाकोशी सन्देशका सवांदाताले किन सुनसनान भयो सिंहदरबारको अवस्था भनेर प्रश्न गर्दा, ‘कर्मचारीले नाम नबताउने सर्तमा भने अहिले निर्वाचन लागेको छ । विकासको काम केहि छैन भएको बजेट निर्वाचनमा खर्च गरिएको छ । सेवाग्राही कम आउँछन् । अधिकांश राजनीतिक पार्टीहरुले फोन गर्छन् । अलिअलि सहयोग गर्नुप¥यो भन्छन् । त्यसकारण पनि कर्मचारी अफिसमा नआएका होलान’् भन्दै गुनासो पोखेका थिए । तर, राजनीतिक दल सम्बन्धीत कर्मचारी संघसंगठनका नेताहरु चुनावमा लागिसकेका छन् । हामी स–साना मानिस अफिस आउनै प¥यो नि । नआएर कताजाने भन्ने जवाफ पाइन्छ ।’ यस्तै मंसिर ४ लाई मध्यनजर गरेर संघ र प्रदेश निर्वाचनमा होमिएका अधिकांश ठुला राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, लोसपा, जसपा जस्ता राजनीतिक दलहरुले अहिले काठमाडौं उपत्यकाबाट कार्यकर्ता र भोटर्सलाई खोजिखोजि गाडी रिजाब गरेर आफ्नो कार्यक्षत्रमा पु¥याउने काम गरेका छन् । जब चुनाव आउँछ अनि राजनीतिक पार्टीहरुले कार्यकर्ता र भोटर्सको खोजी गर्ने गर्छन् । अघि पछि मतलब गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *