सुरक्षा निकायभित्र हतियार खरिदको नाममा कमिसन

समाचार

काठमाडौं । नेपाल प्रहरी यतिखेर संघ र प्रदेश निर्वाचनमा शान्तीपूर्ण ढंगले सम्पन्न गर्ने भनेर लागिपरेको छ । तर, यो निर्वाचन शान्तीपूर्ण ढंगले सम्पन्न हुन्छ भन्ने आशा नेपाली जनताले पनि राखेका छन् । र, अहिले सत्तागठबन्धन, प्रतिपक्ष गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहँदा विभिन्न स्थानमा झडप नहोला भन्न सकिँदैन । तर, यस्ता झडपमा प्रहरीको भूमिका शरणीय हुन्छ । र, यसमा प्रहरीको ठुलो रोल हुने गरेको देखिन्छ । तर, नेपाल प्रहरीले कस्तो भूमिका खेल्छ भन्ने आम नेपालीको मनमा कौतुहलता छाएको छ । यसैगरी निर्वाचन आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनको लागि गाडी खरिद गर्नलाई दिएको पैसाले कति गाडी खरिद गरियो कति गरिएको छैन त्यो यकिन छैन । यसरी निर्वाचनमा सुरक्षा दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक अर्बको सवारीसाधन खरिद गरिरहँदा देशभरि एकै चरणमा हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा कति खर्च होला अहिलेसम्म जानकारी छैन । सवारीसाधन खरिद गर्दा कति खरिद गरिए भन्नेबारे अहिलेसम्म कुनै जानकारी छैन । र नेपाल प्रहरीभित्र गाडी खरिद, लत्ताकपडा खरिद, रासन खरिद, जाडोको सामान खरिद गर्दाखेरी भ्रष्टाचार गरेको समाचार आइरहँदा कतिपय प्रहरी जवानहरुलाई चाहिने जाडो यामको लत्ताकपडा, रासन, भत्तासमेत कतिपय उच्च प्रहरीले खाइदिने गरेका छन् । अहिले निर्वाचनको लागि भनेर किनिएको गाडी सवारी साधनमा कति कमिसन हात पारे होलान् । यो भने भविष्यमा थाहा पाइएला । तर, सरकारले निर्वाचनलाई लक्षित गरी गाडी खरिदलाई पैसा दिएको छ । आर्थिक मन्दीको कारण देखाइरहेको छ । तर, निर्वाचनलाई गाडीइ खरिद गर्नुपर्ने अवस्था थिएन किन की अधिकांश गाडीहरु गृहमन्त्रालयमा थन्केर बसेका छन् । यस्तै पूर्वाधार विकास अन्तर्गत भौतिक पूर्वाधार यातयात मन्त्रालयदेखि नेपाल विद्युत प्राधिकरण र लगायत ठुलाठुला आयोजनाको गाडी निर्वाचन आयोग र प्रहरीको समन्वयनकारी भूमिकाबाट निर्वाचनलाई सहयोग लिन सकिन्थ्यो । तर कमिसनकै कारण सरकारले १ अर्बको सवारी साधन खरिद गर्न दिएको छ । उता, नेपालमा आर्थिक मन्दी भइरहेको अवस्थामा सरकारले नेपाली सेनालाई पनि २ अर्बको हतियार खरिद गर्न स्वीकृति दिएको छ । यो भनेको सोझै कमिसनको खेल भएको बताइन्छ । सरकारले नेपाली सेनालाई पहिलै हतियार खरिद गर्ने भनेता पनि सरकारले आर्थिक मन्दी देखाएर हतियार खरिद गर्नलाई पैसा दिएको थिएन । अहिले संघ र प्रदेश निर्वाचनलाई मध्यनजर गरेर सेनालाई २ अर्ब दिनु भनेको सोझै कमिसनको खेलो भएको बताइन्छ । यतिखेर २ अर्बको हरियार खरिद गरिएकोमा कमिसन आउने र सो कमिसन चुनावमा खर्च गरिने समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *