वर्किङ र भिजिट भिसामा विदेसिनेको लर्काे

समाचार

काठमाडौं । अहिले कतिपय नेपालीहरु रोजीरोटीको खोजीमा विदेशिने गरेका छन् । नेपालीहरु विदेशिने क्रम जारी छ । विदेसिने क्रममा अधिकांश युवायुवती भिजिटभिसा र वर्किङ भिसामा जाने गरेका छन् । यतिखेर वर्किङ भिसामा विदेशिनेको लर्काे लाग्ने गरेको छ । खासगरी वर्किङ भिसामा जाने युवायुवतीलाई लाग्ने चार्ज प्लेन भाँडा र आफूलाई चाइने सामानको लागि पैसा लाग्ने गर्छ । तर अधिकांश संघसंस्थाको नाममा खोलिएका कन्सल्टेन्सी, मेनपावरदेखि बिचौलियाहरुले वर्किङ भिसाको लागि लाखौ तिरेर विदेशिनेक्रम जारी छ । कतिपय नेपालीहरु वर्किङ भिसामा विदेश जाने गरेका छन् ।
यस्तै नेपालीहरु विदेशमा गएर काम गर्ने भनेको कृषि क्षेत्रमा काम गर्ने, होटल रेष्टुरेन्टमा कुकको काम गर्ने, वेटरको काम गर्ने, बुढाबुढीको हेरचाह गर्ने, बालबच्चाको स्याहारसुसार गर्ने लगायतका काम गर्दै आएका छन् । तर, कतिपय नेपालीहरुले वर्किङ भिसामा लाखौँ लाखौँ तिरेर कुबेत, बहराइन, इराक, अफगानिस्तान, माल्दिभ्स जस्ता ठाउँहरुमा जाने गरेका छन् । ती नेपालीहरु वर्किङ भिसामा विदेश गएतापनि फेरि दोहो¥याएर त्यहि देश त्यहि काममा जान पाउने गरेका छैनन् । कतिपय बिचौलियाहरुले विभिन्न नेपालको भूभागबाट वर्किङ भिसा र भिजिट भिसामा नेपालीहरु विदेश पठाउने गर्दै आएका छन् । भोलीका दिनमा ती नेपालीहरुको भविष्यमाथि हुनसक्ने खतरा र जोखिमलाई राज्यले कसरी नियन्त्रण गर्न सक्छ । यसबारे राज्यभने मौन बसेको देखिन्छ । यो त उदाहरण मात्र हो ।
कतिपय नेपालीहरु खाडीमुलुकको ४८ डिग्रीको तापक्रमले तड्पिरहेका छन् भने कतिपय नेपालीहरु अलपत्र परेको अवस्था छ । विदेश जाने नेपालीहरुलाई कन्सल्टटेन्सी, मेनपावर र बिचौलियाहरुले विभिन्न प्रलोभन देखाएर विदेश लग्ने गरिन्छ । कतिपय नेपालीहरु मेनपावर, कन्सल्टटेन्सी र बिचौलियाबाट ठगिदै आएका छन् । राज्यले यस्ता विचौलियालाई कारबाही गर्न सकेको छैन । उता, नेपालीहरु विदेशमा अलपत्र परिरहँदा पनि राज्यका उच्च निकायहरु निदाएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *