आचारसंहित उल्लंघन गर्दा मन्त्री पद चट्

समाचार

काठमाडौं । उखानै छ काग बाठो भयो भने के खान्छ । तर राजनीतिमा पनि त्यो दुर्गन्ध लागू भयो । गण्डकी प्रदेशले दुई मन्त्रीको झण्डा खोस्यो । डा.बाबुराम भट्टराईको पछि लागेर २०७४ सालमा गोरखा २ ‘क’ का प्रदेश सांसद बनेका हरिशरण आचार्यले यसपटक टिकट पाउन सकेनन् । डा.बाबुरामले समेत माओवादी अध्यक्षलाई ठाउँ छाडे । माओवादीसँग बाबुराम भडकिँदा पछि लागेर संसद र जलस्रोत मन्त्री बनेका आचार्य छुद्र थिए । आचार्यले प्रचण्डको विरोध गरे । मन्त्री भएकाले आयोगको स्वीकृति बिना हिँडडुल गर्न पाउँदैनथे । तर क्रान्तिकारी जोश निकालेर गोरखा पुगेर सत्ता गठबन्धनविरुद्ध एमालेसँग दौतरी गाँस्दा पद नै खुस्कियो । जहाँ एमालेको संगठन छैन ।
त्यस्तै छुचाउँदा अखण्ड पार्टीबाट कांग्रेस बनेका केशव खड्काको भौतिक योजना मन्त्रीको पद र झण्डा खोसिएको थियो । भौतिक योजनामन्त्रीको पद र झण्डा खोसिएको हो । क्षेत्रीहरुको संगठन भजाएर कांग्रेसबाट प्रदेशको सांसद र मन्त्री खाएका खड्काले गठबन्धनका उम्मेद्वार विन्दु थापाविरुद्ध उठेका बागी महादेव गुरुङलाई सहयोग गर्दा मन्त्री पद जान्छ भन्ने पत्तै पाएनन् । राजनीतिक धरातल फरक भए पनि यी दुबै चरित्र एकै सिक्काका दुई पाटा हुन् । जसले निर्वाचन आचारसंहिता र पदीय मर्यादाको ख्याल गरेनन् । कामचलाउ मन्त्रिपरिषद्का यी पात्रमध्ये हरिशरण आचार्यले त झण्डा हल्लाएर नै गोरखा क्षेत्र नं. २ ‘क’ मा प्रदेश सांसदको लागि स्वतन्त्र उम्मेद्वारी समेत दिएका थिए । पार्टीकै निर्देशनमा उम्मेद्वारी फिर्ता गरी गोरखामा प्रचण्ड किन आयो भनेको हुँदा झण्डा र पद गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *