जनार्दन शर्मा र आरजुका दूत एउटै

समाचार

काठमाडौं । माओवादीका जनार्दन शर्मादेखि कांग्रेसकी धनकुवेर आरजु राणासम्मको गठजोडले प्रहरी संगठन मात्र नभएर वैदेशिक रोजगार विभागसम्म सेटिङले काम गर्दैछ । चुनावी परिणामले माओवादीका यी जनार्दन शर्माले फेरी मन्त्री पद पाउन के गर्छन, तर डा.आरजुको रजाईं भने जारी हुनेछ । यिनै आरजुलाई वैदेशिक रोजगार विज्ञ वाईवी राईले चुनाव जित्ने फण्डा सिकाएका हुन् । पैसा भएपछि जुनसुकै दलका नेताको मन जित्न सकिन्छ भन्ने बुझेका राई नेकपा एसका अध्यक्ष माधव नेपालका पनि विश्वासी पात्र हुन् । नेपालले आफ्ना कार्यक्रम गर्ने होटल आर्यन तिनै राईको रहेको छ ।
यो टिमले नेपाल प्रहरीको डीआईजीको उमेर हद ५६ बाट ५८ बनाउन अर्थमन्त्री जनार्दन शर्माको प्रयोग ग¥यो । उनीहरुको दाउ प्रहरीका विवादित एआईजी रविन्द्र धानुकलाई जोगाउनु थियो । अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्ताव लैजाँदा गृहमन्त्री खाँड दंग परे । यसको सुईको आईजीपी धिरजप्रताप सिंहले समेत पाएका थिएनन् । आगामी चैत २० गते उमेरहदका कारण अवकाश पाउने आईजीपी सिंह धानुकको चलाखीबाट पनि पीडित थिए । एआईजीको उमेर ५८ हुनासाथ चैत २० मा डा.आरजुले आईजीपी बनाउने पात्र धानुक नै हुन्थे । तर यसपटक आईजीपीलाई गृहमन्त्री बालकृष्ण खाँडको भन्दा बालुवाटारको दबाब बढी छ । प्रहरीको बढुवामा बालुवाटार हावी हुनुको कारण वाईवी राई नै हुन् । राई र डा.आरजुका भाइ भूषण राणा व्यापारिक निर्णय गराउने पार्टनर हुन् । माओवादी भित्र पनि वाईवीले प्रयोग गर्ने पात्र जनार्दनलाई धनार्जन भनिन्छ । जनार्दन आर्थिक रुपमा भ्रष्ट शिरोमणि दिनानाथ शर्मालाई बिर्साउन सफल योद्धा हुन् । यसपटक राजस्वदर घटाउन प्रयोग भएका बालुवाटारका सारथी डा.राणा नै थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *