प्रहरीभित्र डीआईजीले भिडाएर पावर

समाचार

काठमाडौं । नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी खाली हुँदा सो पदमा आउन प्रदेशबाटै ब्रिफकेश बोकेका नलप्रसाद उपाध्याय, मोहन आचार्य, मसउद आलम खाँ हिस्स परेका छन् । चुनावको घोषणासँगै साउन २०, कात्तिक १५ र २४ गते विश्व पोखरेल, अरुण बिसी, रविन्द्र धानुकले उमेर हदको कारण अवकास पाइसकेका छन् । गत असारमा पनि निरज शाहीले अवकाश पाउँदा दौडधुप गर्नेमा मोहन आचार्य थिए ।
खाण प्रदेश २, उपाध्याय लुम्बिनी र आचार्य सुदूरपश्चिममा कमाण्ड गर्छन । खाँडले बालुवाटारसँगको सम्बन्ध बलियो बनाउनुको कारण प्रधानमन्त्री पत्नी डा.आरजु राणा हुन् । राणाका भाइ भूषण राणा बेला बखत विवादमा पर्नुको कारण अवैध व्यापार हो । त्यो व्यापारलाई आलमले सघाएका छन् । लुम्बिनीका उपाध्यइाको सम्बन्ध भनेकै गृहमन्त्री खाँड हुन् । उनले कमाण्ड गरेको प्रदेशको अस्थायी राजधानी रुपन्देही बुटवल ३ मा गृहमन्त्री उम्मेद्वार छन् । उता सुदूरपश्चिमका आचार्य प्रम पत्नीका थिए । प्रकाश देउवाका प्रिय बनेका छन् र सहयोगी प्रकाश कञ्चनपुर ५ का संघीय सांसदका उम्मेद्वार बनेका छन् ।
गृहमन्त्री खाँड र आईजीपी सिंह चुनावको नतिजा नआएसम्म एआईजी बढुवामा चासो नदिने पक्षमा छन् । प्रहरी तालिम केन्द्र, उपत्यका प्रहरी र प्रदेश समन्वय विभाग, अपराध अनुसन्धान विभागमा एआईजी पद रिक्त छन् । ती ठाउँमा एआईजीको पद रिक्त हुँदा डीआईजीले कामु चलाएका छन् । प्रहरीको एआईजी पुजा सिंह प्रशासनमा, सहकुल थापा कार्य विभागमा छन् । उनीहरु र हाल एआईजीको दौडमा ब्रिफकेश बोकेर कुदेका खाँड, उपाध्याय र आचार्य चैत २० गते ५६ वर्षे उमेरहदका कारण आईजीपीसँगै विदा हुनेछन् ।
उता, सुपारी तस्करका आठ ट्रक भारत पठाएर बालुवाटार रिझाएका प्रदेश १ का डीआईजी सुदिप गिरी पनि सीमा नाका खुकुलो गर्न सक्रिय छन् । उनको प्रदेशमा इलाम झापा, मोरङ र सुनसरीबाट सुपारी भारत जान्छ भारतबाट नगदे बाली छोकडा, काजु, बदाम भन्सार छलेर भित्र्याइन्छ । व्यापारीलाई उनले खुल्लम खुल्ला छुट दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *