पार्टीभित्र व्यक्ति हावी

समाचार

काठमाडौं । चुनाव प्रचारको बेला राजनीति र सिद्धान्तभन्दा सत्ता गठबन्धनविरुद्ध आक्रामक बनेका एमाले अध्यक्ष केपी ओलीको भड्किलो प्रचार प्रसारको फैसला मतपेटीकामा कैद भएपनि छटपटाउन थालेका छ । आफू ठिक अरु बेठिक राजनीतिक चरित्रप्रति जनताले दिने फैसला देशभरको आउन अर्काे साता कुर्नपुर्ला । तर पवित्र र अपवित्र साइनो जोडेर वामपन्थी शक्ति क्षयीकरण गर्ने प्रतिस्पर्धामा एमाले अध्यक्ष ओली २०७८ पुस ५ देखि निरन्तर लागेका थिए । अदालत, सेना, प्रहरी, राष्ट्रपति एमालेको कब्जामा हुँदा गरेका गल्तीले मानव अधिकार आयोग अन्तर्राष्ट्रिय जगतमा बद्नाम भयो ।
चुनाव अघि एक्लै बहुमत ल्याउने कुरा गरेपनि एमालेले राप्रपा नेपाल, परिवार दल, जसपा, जन प्रगतिशील पार्टी जोडेर सत्ता गठबन्धनलाई चुनौती दिएकै हो । यीमध्ये संगठन भएका जसपा र राप्रपा थिए । यीसँग पनि ठाउँ र प्रभाव अनुसार गठबन्धन भयो । एकनाथ, कमल थापा, हृदयेश त्रिपाठी थिए । उपाय नलागेपछि एमाले पनि गलगाँड बोक्न बाध्य हुनुले सत्ता गठबन्धनको विरुद्ध बोल्दा आफ्नो ऐना हेर्ने कि नहेर्ने प्रश्न एमाले भित्र बढिरहेको छ ।
नेकपा एकीकृत समाजवादीलाई पार्टी नै नमानेका केपीले सुर्खेत र दैलेखमा पुगेर पार्टीमा फर्कन माधव नेपाललाई बोलाउनुले चुनाव प्रचारमै अध्यक्ष ओली कमजोर भएको सन्देश गएको थियो । यसपटक दलहरुको एजेण्डा देश र जनताको पक्षमा थिएन । सत्ता स्वार्थमै रमाएको नेताको खोक्रा भाषण र सफल नहुने हावाको योजनाले धेरै मतदाता टाढिए । व्यवस्था बदलेर अवस्था बदल्न कठिन हुन नेकपाको बहुमतको एकलकाटे प्रवृत्ति नै कारक थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *