नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

समाचार

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक कार्तिक ३० गते आफ्नो ८५ औं वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गरेको हो ।


प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ बिकास र उद्यमशिलताको प्रवर्द्धनमा नेपाल बैंकको अतुलनीय भूमिका रहेको र प्रत्येक बर्ष कार्तिक ३० गतेलाई नेपालको बैंकिङ् क्षेत्रको ऐतिहासिक बैंकिङ दिवसको रुपमा लिन सकिने विषयमा जोड दिए ।
त्यसैगरी अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै बर्तमान सूचकहरुले बैंक निकै सबल र प्रतिस्पर्धि रहेको धारणा उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *