कैलाली–१ मा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित

राजनीति समाचार

काठमाडौं । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । हालसम्ममा रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छिन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् । उनी हाल कारागारमा रहेका रेशम चौधरीकी श्रमितीसमेत हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *