काठमाडौं । सुनसरी क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार भीमप्रसाद आचार्य निर्वाचित भएका छन् प्रदेश नम्बर–१ का पूर्वमुख्यमन्त्री समेत रहेका आचार्य ४ हजार १८९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदममा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणामानुसार उनले २५ हजार ७७९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सिताराम मेहताले २१ हजार ५९० मत पाए ।
यहाँ तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार लालविक्रम थापाले १७ हजार १९९ मत प्राप्त गरे ।