उदयपुर १ मा स्थगित भएको मतगणना सुरु

राजनीति समाचार

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा राकिएको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले स्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि मंगलबार बिहान ८ बजेपछि मतगणना सुरु भएको हो ।

मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको थियो। प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *