नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभाशं वितरण गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५३ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

मंसिर १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *